बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा विवादः नेपालले ताकेता गरे पनि भारतले देखाएन चासो

सोमबार, २६ जेठ २०७७, ०७ : ४९
सोमबार, २६ जेठ २०७७

काठमाडौं – नेपाल र भारतबीच सीमाको विषयलाई लिएर औपचारिक संवाद हुन सकेको छैन । नेपालको कूटनीतिक रुपमा ताकेता गरे पनि भारतले चासो देखाएको छैन । 

औपचारिक तहमा दुई पक्षीय वार्ताको तिथि तोक्न पहिले अनौपचारिक संवाद आवश्यक रहने परराष्ट्र अधिकारीको दाबी छ । 

यो संवादहीनताको अवस्था लामो समय रहे दुई पक्षीय सम्बन्ध थप जटिलतातर्फ जाने ती अधिकारीले बताए । 

भारतले नेपाली भूभाग हुँदै तिब्बतको मानसरोबर जोड्ने सडक एकतर्फी रुपमा निर्माण गरेपछि नेपालले जेठ ७ मा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप