शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी देश जसले कोरोना महामारी जिते

सोमबार, २६ जेठ २०७७, १३ : १५
सोमबार, २६ जेठ २०७७

स्लोभानिया सरकारले १५ मेमा देशमा कोरोना महामारी आधिकारिक रूपमा खत्तम भएको घोषणा गरेको थियो । यस्तो घोषणा गर्ने स्लोभानिया पहिलो युरोपेली मुलुक थियो । हरेक दिन एकदेखि दुई सङ्क्रमित मात्र भेटिन थालेपछि सरकारले यो घोषणा गरेको थियो । मार्च अन्तिमसम्म देशमा हरेक दिन ४० देखि ७० जना नयाँ सङ्क्रमित फेला परिरहेका थिए । अहिले स्लोभानियामा मात्र ६ जना सक्रिय सङ्क्रमित छन् ।

स्लोभानिया मात्र होइन विश्वमा यस्ता अन्य देश पनि छन् जहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एकल अङ्कमा सीमित छ । यसमा आइसल्यान्ड र न्युजिल्यान्डजस्ता देशहरु सामेल छन् । कोरोनाविरुद्ध राम्रो तयारी र कार्यान्वयनका कारण अब यी देशहरु कोरोनाभाइरसबाट मुक्ति पाउने कगारमा छन् ।

विगतमा १०० भन्दा बढी सङ्क्रमित रहेका देश, जहाँ अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १ देखि १० को हाराहारीमा छ  । त्यस्ता देशको रिसर्च रिपोर्ट :

आइसल्यान्ड

आइसल्यान्डमा कोरोनाको पहिलो सङ्क्रमण २८ फेब्रुअरीमा देखियो । तर जनवरीको अन्तिम हप्तादेखि नै यहाँ बाहिरबाट आउने मानिसको अस्पतालमा परीक्षण गर्न थालिसकिएको थियो । यतिबेलासम्म धेरैजसो देशले एयरपोर्टमा स्क्रिनिङ गरेर यात्रुहरुलाई बाहिर जान दिएका थिए । 

फेब्रअरीको सुरुवातदेखि नै यहाँ सामाजिक दूरी र हात धुनुपर्नेजस्ता सचेतना जगाउने सन्देशको मिडिया क्याम्पेनिङ सुरु भएको थियो ।

५ मेइसम्म आइसल्यान्डले आफ्नो १३ प्रतिशत जनसङ्ख्याको कोरोना परीक्षण गरेको थियो । ती व्यक्ति जसमा कोरोनाको लक्षण थिएन तर दोस्रो देशबाट फर्किएका थिए, उनीहरु सबैलाई परीक्षण गरियो ।

यसबाट यो पनि थाहा भयो कि ० दशमलव ६ प्रतिशत केस यस्ता थिए, जसमा कोरोनाको कुनै पनि लक्षण थिएन । तर यी केस भाइरसका वाहक बन्दै थिए । यस्तोमा भाइरसको हटस्पस्ट बनिसेका देशबाट आएका मानिसलाई आइसोलेसनमा राखियो ।

यहाँ पूर्ण लकडाउन त भएन, तर हाइस्कुल, सैलुन र केही व्यावसायिक क्षेत्रलाई १५ मार्चदेखि बन्द गर्ने सल्लाह दिइयो र यस्ता क्षेत्र ६ हप्तासम्म बन्द रहे । ४ मेमा यी सबै खुला भए  ।

न्युजिल्यान्ड

न्युजिल्यान्डमा ४८ घण्टामा कोरोना पोजेटिभको कन्ट्याक्ट ट्रेसिङ पूरा गरिन्थ्यो ।

न्युजिल्यान्ड २८ फेब्रुअरीमा पहिलो सङ्क्रमण देखिएको थियो । यसको २५ दिन पहिल्यै अर्थात् ३ फेबु्रअरीदेखि नै सरकारले चीनबाट आउने यात्रीहरुको प्रवेशमा रोक लगाएको थियो, त्यसमा केवल न्युजिल्यान्डका नागरिकलाई मात्रै छुट थियो ।

जब यहाँ सङ्क्रमित सङ्ख्या १ सय नाघ्यो तब २१ मार्चमा सरकारले अलर्ट सिस्टम इन्ट्रड्युस ग¥यो, यतिबेला अवस्थालाई लेभल–२ मा राखिएको थियो । २३ मार्च राति जब मामिला २ सयभन्दा धेरै भयो, तब लेभल ३ लगाइयो र २५ मार्च दिउँसो अवस्था लेभल ४ मा पुगेको घोषणा गर्दै लकडाउन लगाइयो ।

न्युजिल्यान्डमा कुनै पनि व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको ४८ घण्टाभित्रै उसको कन्ट्याक्ट टे«सिङ गरिन्छ । अर्थात कुनै व्यक्तिलाई कोरोना देखियो भने ऊसँग सम्पर्कमा आएका सबै मानिसलाई पहिचान गरेर सचेत गरिन्थ्यो र परीक्षण नहुँदासम्म सेल्फ– क्वारेन्टाइनमा बस्न सल्लाह दिइन्थ्यो ।

यहाँ ५ हप्ताको कडा लकडाउनपछि २८ अप्रिलबाट लकडाउनको अवस्था लेभल ३ आएको थियो अर्थात् सबै पसल तथा व्यापार क्षेत्रलाई काम फेरि सुरु गर्ने अनुमति मिल्यो ।

स्लोनेभिया

स्लोभानियाको सरकारले १५ मेमा देशमा कोरोना महामारी आधिकारीक रूपमा समाप्त भएको घोषणा ग¥यो । यस्तो घोषणा गर्ने यो पहिलो युरोपेली देश थियो । देशमा कोरोनाको पहिलो बिरामी ४ मार्चमा भेटिएका थिए । तर फेब्रुअरीको पहिलो हप्तामा नै यहाँ महामारीविरुद्ध लड्नका लागि बनेको कमिटीको प्रोटोकल तय भएको थियो । यसमध्ये कुन अस्पतालले कोरोना सङ्क्रमितको उपचार गर्ने, कुन डाक्टरले जिम्मेवारी लिने, यी सबै तय गरिएको थियो ।

स्लोभानियामा प्रधानमन्त्रीको राजीनामापछि १३ मार्चमा सरकार फेरिएको थियो र १६ मार्चमा यहाँ पूर्ण लकडाउन लगाइएको थियो । समय रहँदै चाँडै लकडाउन लगाउनु र यसको कडाइका साथ पालना गराउनु नै स्लोभानियाले कोरोना महामारी जित्नुको मुख्य कारण रह्यो ।

लकडाउन सफल बनाउनका लागि सरकारले आफ्नो जीडीपीको ६ प्रतिशत अर्थात् ३ अर्ब युरो हिस्सा देशका नागरिक र विजनेसम्यानलाई दियो, ताकि मानिसहरु नोक्सानीको भर्पाई गर्न सकुन् ।

यहाँ बाहिरबाट आएका हरेक व्यक्तिलाई १४ दिनका लागि क्वारेन्टइन राखिएको थियो । १५ मेपछि सबै व्यावसायिक क्षेत्रलाई यहाँ खोल्न थालियो, स्कुल पनि खोलियो । यद्यपि सार्वजनिक कार्यक्रममा अझै पनि रोकतोक कायम छ ।

आयल अफ म्यान

यस सानो देशले कोरोनाका कुनै सङ्क्रमित नभेटी लकडाउन घोषणा ग¥यो । १६ मर्चदेखि एक महिनासम्म लकडाउन लगाइएको थियो । इमर्जेन्सी पावर ऐनअन्तर्गत यहाँ सामाजिक दूरी कायम नराख्ने र सेल्फ आइसोलेसनको नियम तोड्नेलाई जरिवाना लिने प्रावधान थियो, अत्यावश्यकबाहेक सबै पस बन्द गर्न आदेश दिइयो । १५ अप्रिलमा यसलाई थप एक महिनासम्म बढाइयो । यहाँ अन्तिम केस २० मेमा देखिएको थियो अर्थात् पछिल्ला १४ दिनमा यहाँ सङ्क्रमणका कुनै घटना देखिएका छैनन् ।

मोरिसस

अफ्रिकी महाद्वीपको दक्षिण–पूर्वी किनारमा रहेको यस देशको जनसङ्ख्या केवल १२ लाखको आपसपास छ । तर क्षेत्रफलको तुलनामा यो जनसङ्ख्या धेरै ठूलो हो । त्यसैले जनघनत्वका आधारमा यो विश्वकै १०औँ देश हो । यसैकारण मोरिसस सुरुदेखि नै सचेत देयिखो । १८ मार्चमा देशमा पहिलो सङ्क्रमित फेला परे, त्यसको दुई दिनलगत्तै यहाँ स्कुल, अत्यावश्यकबाहेकका अन्य पसल र सीमा बन्द गरियो । २४ मार्चमा जब सङ्क्रमित सङ्ख्या ४२ पुग्यो, तब पूरै देशमा लकडाउन लगाइसकिएको थियो । सरकारको प्राथमिकता परीक्षण सँगसँगै कन्ट्याट टे«सिङमा रह्यो ।

मोरिससले कोरोनालाई सजिलैसँग हराउनुको एक कारण यो पनि हो कि यहाँ हेल्थ केयर सिस्टम निकै राम्रो छ । यहाँ प्रति एक हजार मानिसका लागि ३ बेड उपलब्ध छ ।  मोरिसस सरकारले सामाजिक सुरक्षाका लागि आफ्नो जीडीपीको ९ दशमलव ३ प्रतिशत खर्च गर्छ ।

मोन्टेनेग्रोमा २८ दिनदेखि नयाँ सङ्क्रमित भेटिएनन्

युरोपेली देश मोन्टेनेग्रोमा ५ मेपछि कोरोनाको नयाँ सङ्क्रमण देखिएको छैन । १० मेपछि कोरोनाका कारण कसैले ज्यान गुमाउनु परेको छैन ।

२४ मेपछि यहाँ कुनै एक्टिभ केस पनि छैन । अब चाँडै नै यहाँको सरकारले डब्ल्यूएचओ गाइडलाइन्सअन्तर्गत देशलाई कोरोनामुक्त घोषणा गर्ने तयारी गर्दैछ ।

देशमा कोरोनाको पहिलो सङ्क्रमण देखिनुभन्दा २ दिन पहिल्यै अर्थात् १५ मार्चमा मोन्टेनेग्रोले आफ्नो बोर्डर बन्द गरेको थियो ।

मार्चको सुरुवातमै यहाँका स्कुलहरु बन्द गरियो, भिडभाड गर्न रोक लगाइयो । २६ मेसम्म मोन्टेनेग्रोमा कुल जनसङ्ख्याको २ प्रतिशतको कोरोना परीक्षण भइसकेको थियो ।

फेरोई आइल्यान्डमा २३ अप्रिलमा अन्तिम केस

फेरोई आइल्यान्डमा २३ अप्रिलयता नयाँ सङ्क्रमित देखिएका छैनन् । डेनमार्कको यस सेल्फ गभर्निङ आइल्यान्डले ९ मेइमा आफूलाई कोरोनामुक्त घोषणा ग¥यो । ज्वालामुखी र चट्टानहरुको १८ द्वीपको समूह मिलेर बनेको यस भूभागमा अन्तिम सङ्क्रमण २३ अप्रिलमा देखिएको थियो । यहाँ कोरोनाबाट कसैको मृत्यु भएको छैन ।

९ मेमा जब यहाँको स्थानीय सरकारले प्रेस रिलिजमार्फत यस इलाका कोरोनमुक्त रहेको घोषणा ग-यो, त्यतिबेलासम्म ४८ हजार जनसङ्ख्याको यस देशमा १८ प्रतिशत मानिसमा परीक्षण गरिसकिएको थियो ।

फैरो आइल्यान्डका प्रधानमन्त्री स्टेग निल्सनले समयमा पठाइएका अत्याश्वयक कदम र प्रशासनले निकालेको निर्देशिकालाई स्थानीयले ठीकसँग पालना गर्नु नै कोरोनाको सफलताको कारण रहेको बताए ।

ब्रुनाईमा यसरी हासिल भयो सफलता

ब्रुनाईको नेसनल आइसोलेसन सेन्टरमा अब केवल १ मात्रै सक्रिय सङ्क्रमित छन् । यहाँ ७ मेपछि कुनै नयाँ सङ्क्रमण देखिएको छैन । ब्रुनाईमा पूर्ण लकडाउन कहिल्यै गरिएन तर राष्ट्रिय स्तरमा केही अत्यावश्यक निर्देशिका जारी गरिएको थियो । ग्लोबल हेल्थ सेक्युरिटी इन्डेक्स २०१९ मा ३२ दशमलव ६ स्कोरका साथ ब्रुनाई १ सय २८औँ नम्बरमा थियो तर यही इन्डेक्समा रिस्क इन्भारोमेन्टमा उसको स्कोर ६६ दशमलव ७ छ । जसको अर्थ आपतकालमा राम्रो तयारी गर्ने देश रूपमा ब्रुनाई चिनिन्छ । यही कारण, ब्रुनाईले महामारीलाई बिना लकडाउन नै जित्यो ।

कम्बोडियाको सफलता

कम्बोडियामा २७ जनवरीमा नै पहिलो कोरोना केस पहिचान भएको थियो । उहानबाट फर्किएका एक ६० वर्षका वृद्धमा सङ्क्रमण देखिएको थियो । यसपछि ७ मार्चमा अर्का एक स्थानीयमा कोरोना देखियो । यी व्यक्ति एक जापानी यात्रीको सम्पर्कमा आएका थिए, ती यात्रीमा कम्बोडियाबाट फर्किएपछि जापानमा ४ मार्चमा सङ्क्रमण फेला परेको थियो ।

जब यहाँको सरकारलाई यो सूचना मिल्यो, तत्कालै ती जापानी व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई ट्रेस गरियो । यसमध्ये ३ नेगेटिभ र एक पोजेटिभ केस मिलेको थियो । ती व्यक्तिसँग सम्पर्कमा आएका ४० कम्बोडियनलाई होम क्वारेन्टाइन गरिएको थियो । प्रशासनको यस्तो तीव्र कारबाहीका कारण कोरोनाको यस लडाइँ कम्बोडियाले जित्यो ।

ट्रिनिडाड एन्ड टोबागोमा कडा लकडाउन

ट्रिनिडाड एन्ड टोबागोमा २६ अप्रिलपछि एकैपटक ३१ मेमा कोरोनाको सङ्क्रमण देखियो । यी व्यक्ति पहिल्यै क्वारेन्टाइनमा थिए र पहिलो दुई पटकको परीक्षण नतिजा नेगेटिभ आएको थियो । यहाँ पहिलो सङ्क्रमण १२ मार्चमा देखिएको थियो र २९ मार्चदेखि लकडाउन थियो । कडा लकडाउन र पोजेटिभ देखिएका बिरामीको तत्काल कन्ट्याक्ट ट्रेसिङका कारण यहाँ कोरोनाको सङ्क्रमण कम रह्यो ।

अरुबा आइल्यान्डमा लकडाउन तोड्ने पक्राउ

एटलान्टिक महासागरको यस सानो आइल्यान्डमा पहिलो सङ्क्रमण १३ मार्चमा देखिएको थियो । चार दिनपछि नै यस देशले आफ्नो सीमा बन्द ग¥यो ।

यहाँ २८ मार्चयता राति ९ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु लगाइएको थियो । मानिसहरुलाई अति आवश्यक कामबाहेक बाहिर निस्कने अनुमति थिएन । मेसम्म लकडाउन तोड्ने १ सय ८० जनालाई गिरफ्तार गरिएको थियो । केवल १ लाख जनसङ्ख्याको यस देशमा  कडा लकडाउनका कारण सङ्क्रमितको आँकडा मार्चदेखि रोकियो । अहिले यहाँ कसैमा पनि सक्रिय सङ्क्रमण छैन ।

स्रोत : दैनिक भास्कर

यो रिपोर्ट गत जुन ३ मा तयार पारिएको हो । यसमा प्रस्तुत तथ्यांकमा केही फेरबदल भएको हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप