बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

घरको बरन्डाबाट खसेर १ जनाको मृत्यु

सोमबार, २६ जेठ २०७७, १६ : ५८
सोमबार, २६ जेठ २०७७

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका वडा नं ७ मादनकुँडारीमा  घरको बरण्डाबाट खसेर एकजनाको मृत्यु भएको छ । 

आफ्नै घरको बरन्डामा तीनमहिने नातिलाई खेलाइरहेका अवस्थामा रिंगटा लागेर घरको एक तल्लामाथिबाट खसेपछि घाइते भएका ४४ वर्षीय कुलबहादुर लामाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते शिशुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।  मृतकको शव परीक्षणको कार्य भइरहेको र परीक्षणपछि आफन्तालाई जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप