शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यूयोर्कमा नेपाली समुदायद्वारा प्रदर्शन

सोमबार, २६ जेठ २०७७, १७ : ३३
सोमबार, २६ जेठ २०७७

न्यूयोर्क । न्यूयोर्कमा नेपालको जातिय छुवाछुत तथा अमेरीकाको रंगभेदी भेदभावको विरूद्धमा नेपाली समुदायदले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । गत जुन ७ आइतबारका दिन उक्त बिरोध प्रदर्शन भएको हो ।

नेपालीहरुले ब्लाक लाइभ्स म्याटर तथा दलित लाइभ्स म्याटर नारा लगाउँदै नेपाली अमेरीकन समुदायको तर्फबाट ऐक्यवद्दता प्रदर्शन गरेका हुन् । नेपाली समुदायका अगुवाहरूद्वारा प्रस्तुत प्रदर्शनमा ४ दर्जनभन्दा धेरै नेपालीहरुको सहभागिता रहेका थियो ।

प्रदर्शनमा अमेरिकन सामाजिक संघसंस्थाहरू तथा सामाजिक न्यायिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । उक्त प्रदर्शन न्याय, समानता र स्वतन्त्रताको लागि भएको आयोजक पक्षले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप