शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘जम्मु र काश्मिरमा ९३ जना मारिए’

सोमबार, २६ जेठ २०७७, १८ : २७
सोमबार, २६ जेठ २०७७

एजेन्सी । भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा गएको ६ महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ ।  भारतीय प्रहरीले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको बताएको थियो । त्यस क्रममा ती आतंककारी मारिएका र त्यसमा आतंककारी संगठनका केही उच्च कमाण्डरहरु पनि रहेको भारतीय सैनिक स्रोतले जानकारी दिएको हो । 

पछिल्लो दुई दिनमा मात्र यहाँ भारतीय सुरक्षा निकायले गरेको कारबाहीमा नौ जना आतंककारी मारिएको पनि बताइएको छ । यस कारबाहीमा जैस ए मोहमद, लस्कर ए तोएबालगायतका आतंककारी संगठनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ । 

ती आतंककारी भारतीय तथा विदेशी समेत रहेको पनि सो समाचारमा जनाइएको छ । यस कारबाहीका क्रममा भारतीय सुरक्षा निकायका सदस्यहरुलाई भने कुनै क्षति नपुगेको अधिकारीहरुले जनाएका छन् । –एएनआई 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप