बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

‘एक विचित्र गल्ली !’

मङ्गलबार, २७ जेठ २०७७, ०९ : ०६
मङ्गलबार, २७ जेठ २०७७

 

चाङ् छ्यूशङ्


किशोरले बालबालिकाहरुलाई जुटाएर कथा सुनाएको अर्का दिन जव मानिसहरुले यस गल्लीमा कदम राखे, तिनीहरुले हरेक झ्यालका सीसामा चित्रविचित्रका आकर्षक चित्रहरु अङ्कित देखे । सवै सवै वालसुलभ कल्पनाशील चित्र । हरेक चित्रलाई जोडेर हेर्ने हो भने साह्रै राम्रो मीठो र घत लाग्दो कथा बन्न सक्छ ।


मेरो घरको बगलमा एक विचित्रको गल्ली छ । एक विछट्ट लामो र सुनसान गल्ली ।

गल्लीमा न फूल छ न घाँस । एकातिर अग्ला अग्ला पर्खालको लहर छ, अर्कातिर अनेकौँ अनेक घरहरुपछाडि रहेका झ्यालहरु । झ्यालहरु पनि सवै सवै पर्दाले ढाकिएका ।

गल्लीमा सधैँको सुनसान वातावरण । एक निस्तब्ध र लम्बेतान गल्ली । जव कुनै मानिस यस गल्लीमा खुट्टा राख्छ, उसका कानमा उसकै पाइलाका आवाज मात्र ठोक्किन आइपुग्छन् टक् टक् टक् टक् !

एक दिन एक किशोर त्यस गल्लीबाट अगाडि बढ्दैथियो ।  सधैँझैँ सुनसान र चकमन्न थियो गल्ली । जति हिँडे पनि नसकिनेजस्तो पट्यार लाग्दो लामो गल्ली ! हिँड्दाहिँड्दै किशोरलाई उच्चाट लागेर आयो । उसले हरेक घरपछाडिका झ्यालका सिसामा औँलाले चित्र बनाउन थाल्यो । सीसाहरुमा धुलो जमेको थियो । चित्रहरु बन्दैगए ।

अर्कादिन बिहान जव प्रत्येक घरका बालबालिका र किशोरकिशोरीहरुले बाहिरको मौसम हेर्न झ्यालका पर्दा हटाए, सबैले आफ्ना झ्यालमा अनौठा चित्रहरु देखे ।

विद्यालय जाँदैका बालबालिकाहरुले कल्पनाको संसारमा विचरण गर्दै यी अनौठा चित्रहरुलाई जोडे र एउटा विचित्रको कथा बनाए । बालबालिकाहरु आफआफै सोच्दै बोल्दै हिँडदा बाटो कटेको थाहै नपाई विद्यालय पुगे । मानौँ उराठ लाग्दो लामो गल्ली आज अचानक छोटो भएको थियो ।

त्यस गल्लीबाट आवत जावत गर्नेमध्येको एक खाइलाग्दो हठ्ठाकठ्ठा र तगडा किशोरका मनमा जसै कुनै एउटा विचार आयो । उसका अनुहारमा एक रहस्यमय मुस्कान फक्रियो ।

विद्यालयमा छुट्टी भएपछि घर फर्कँदा उसले एकएक झ्यालनिर पुगेर ख्खटायो । प्रत्येक घरका बालबालिकालाई घरबाहिर बोलायो । अनि एउटा अति आकर्षक र घत लाग्दो कथा सुनायो । कथापछि त्यस किशोरले हरेक बालबालिकाका काननिर मुख लगेर सुस्त आवाजमा केही भन्यो....।

लामो र सुनसान गल्लीमा निस्तब्धता छाइरहन्थ्यो । सधैँजसो सुनसान ओढेर लम्पसार पसारिइरहन्थ्यो लामो गल्ली । मानौँ त्यसमा कुनै ज्यानै थिएन ।

किशोरले बालबालिकाहरुलाई जुटाएर कथा सुनाएको अर्का दिन जव मानिसहरुले यस गल्लीमा कदम राखे, तिनीहरुले हरेक झ्यालका सीसामा चित्रविचित्रका आकर्षक चित्रहरु अङ्कित देखे । सवै सवै वालसुलभ कल्पनाशील चित्र । हरेक चित्रलाई जोडेर हेर्ने हो भने साह्रै राम्रो मीठो र घत लाग्दो कथा बन्न सक्छ ।

 पछिका दिन मानिसहरु अनायास र पत्तै नपाई  आफ से आफ मुस्कुराउँदै, चित्रहरुको प्रशंसा गर्दै र भावविभोर हुँदै गल्लीबाट पार हुन्थे । गल्लीको पल्लो छेउ पुगेपछि तिनीहरु टक्क उभिन्थे पछाडि फर्कन्थे र गल्लीमा खुसीका आँखा पोख्थे ।

यो कस्तो विचित्रको गल्ली !

यो एक कलात्मक आकर्षण र रमाइलो अन्तरात्माले परिपूर्ण गल्ली !!

—प्रस्तुतिः एसआरएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप