बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही सामूहिक हत्याकाण्ड:  कृषि फर्म सञ्चालकदेखि आफन्तलाई समेत सोधपुछ

मङ्गलबार, २७ जेठ २०७७, १६ : ३१
मङ्गलबार, २७ जेठ २०७७

बुटवल । रुपन्देहीको सामुहिक हत्याकाण्डबारे प्रहरीले अनुसन्धान थालेको छ । तिलोत्तमा–१० मैनहियामा कोदालो प्रहारबाट हत्या गरिएका ५ जनाको हत्याबारे अुनसन्धान गर्नको लागी प्रहरीले अहिले  कृषि फर्म सञ्चालकदेखि मृत्तकका आफन्तहरुसँग सोधपुछ शुरु गरेको हो ।

प्रदेश प्रहरी कार्यालयबाट खटिएको एसएसपी राजकुमार बैदवारको नेतृत्वको अनुसन्धान टोलीले गंगादेवी कृषि फर्मका सञ्चालक कृष्ण पुन, मृतकका आफन्तहरु साली र छोरा छोरीहरुसँग सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले रातोपाटीलाई जानकारी दिए ।

यसअघि हत्या  गरेको आशंकामा सुर्खेतका लगभग ३२ वर्षीय युवक झपेन्द्रसिंह सिञ्जालीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । प्रहरीका अनुसार अहिलेसम्म झपेन्द्रसिंह सिञ्जालीले हत्या गरेको पुष्टि भएको छ । उक्त हत्या आफुले गरेको बयान उनले प्रहरीलाई दिएका छन् । तर हत्या गर्नुको स्पष्ट कारण भने खुल्न नसेको प्रहरीले जानकारी दिएको छ ।

मृतकहरुको शव पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।  प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले भने, ‘मुल मान्छे अहिलेसम्म यहि सिञ्जाली हो, के कारण हत्या गरेको अझै स्पष्ट रुपमा खुलेको छैन् । अरु पनि कारण छन् कि भनेर अन्यसँग सोधपुछ गरिएको हो । सिञ्जालीले मदिरा सेवन गर्ने गरेको र हिजो पनि  खाना खाएपछि एक बोतल मदिरा लिएर सुत्न गएको खुलेको छ । श्रीमती छाडेपछि उनले साँझपख दैनिकजसो मदिरा खाने गरेको स्थानीयवासीले बताएका छन् ।’

सोमबार राती पशु फार्ममा कार्यरत स्थानीय माधव मुसहर (४०), उनकी श्रीमती जानकी मुसहर (३७), कोषराज मुसहर  र बाहिरबाट आएर राती सँगै बसेका स्थानीय  किशोर करन चौधरी र आशिष चौधरीको हत्या भएको हो ।  उनीहरुको कोदालो प्रहारबाट सामूहिक रुपमा हत्या गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप