बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकमा प्रेमः ५५ वर्षका किसानको ३० लाख ‘स्वाहा’

बुधबार, २८ जेठ २०७७, १० : १४
बुधबार, २८ जेठ २०७७

एउटा निकै चर्चित भनाई छ, ‘प्रेम अन्धो हुन्छ’ । हो, यो भनाईलाई पुष्टि गर्ने एउटा घटना सार्वजनिक भएको छ, भारतमा ।

५५ वर्षका एक पुरुष फेसबुकमा एक युवतीको प्रेममा फस्छन् । सुरुवाती कुराकानी निकै छिटो अश्लील च्याट र भिडियोसम्म पुग्यो । त्यसपछि सुरु हुन्छ भिडियो कल । १३ दिन बित्न नपाउँदै प्रेमको कुरा चल्न थाल्यो ।

प्रेममा ती किसान अन्धो भए, केहि सोच्नै सकेनन् । ३० लाख भारु तीनवटा बैंक खातामा जम्मा गरिदिए । पैसा पाउने बित्तिकै युवती फेसबुकबाट गायब भइन् । ठगीको यो आरोप अब हापुड प्रहरीले  साइबर सेलसँग मिलेर अनुसन्धान गरिरहेको छ ।

२४ मे मा आएको थियो फ्रेन्ड रिक्वेस्टः

थाना इन्चार्ज महावीर सिंहले जानकारी दिए अनुसार एक किसानमाथि ठगी भएको हो । प्रहरीका अनुसार २४ मे मा उनको फेसबुक अकाउन्टमा एउटी युवतीको फ्रेन्ड रिक्वेस्ट आएको थियो । किसानले २५ मे मा उक्त रिक्वेस्ट स्विकारे । ती युवतीले प्रेमको जालमा फसाएर किसानको ३० लाख भारु ठगी गरिन् ।

११ दिनसम्म जम्मा गरे पैसाः

प्रेममा डुबेका किसानले ११ दिनसम्म ती युवतीको खातामा पैसा जम्मा गरिरहे । कहिले इनकम ट्याक्स डिपार्टमेन्टको नाममा त कहिले एक्साइज डिपार्टमेन्टका लागि । १५ लाख भारु उनले आफ्नै पैसा जम्मा गरिदिए भने थप १५ लाख आफन्त र साथीहरुसँग ऋण लिए । उपहार पाइने लोभमा उनले त्यो रकम पनि जम्मा गरिदिए । ११ दिनमा ११ पटक उनले ती युवतीको खातामा ३० लाख जम्मा गरिदिएको भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप