उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई प्रधानमन्त्री ओलीको चेतावनी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपालको बारेमा बोल्दा ध्यान पुर्याउन आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले योगीबारे उठेको प्रश्नको जवाफमा भने- ‘उत्तर प्रदेशमा मुख्यमन्त्री आदित्यनाथले नेपालको विरुद्धमा त्यसरी बोल्नुभएको हो भने त्यो जायज हैन । यदि त्यसरी नेपाललाई उहाँले धम्काउन खोज्नुभएको हो भने त्यो उचित हैन । अहिले यति भनौं उहाँ केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि नभएको, तैपनि उहाँले मुख्यमन्त्रीको हैसियतले त्यस्तो बोल्नुभएको हो भने नबोलिनुपथ्र्यो, त्यो बोल्नुभएको हो भने आलोच्य विषय हो । त्यसरी नेपाललाई धम्की दिनुभएको हो भने त्यो निन्दनीय विषय हो । त्यस्तो कुरालाई हामी नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैन, नेपाल हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’
प्रधानमन्त्री ओलीले सन् १९५० को भारतसँगको सन्धि अपमानपूर्ण भएको र त्यसलाई नेपालले अहिलेसम्म नस्वीकारेको बताए । आफू भारत भ्रमणमा गएको बेला छलफल गरेर उच्चस्तरीय समिति बनाएर त्यसबार अध्ययन गरेको र त्यसको प्रतिवेदन बुझ्न भारतले नमानिरहेको बताए । भारतले प्रतिबेदन बुझ्न नमान्नु र सिफारिसहरुलाई कार्यान्वयन गर्न नखोज्नु सहज कुरा नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन
-
चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा
-
‘निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन्’
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँः मन्त्री भण्डारी
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन