एमसीसीबारे प्रधानमन्त्रीको जवाफः निर्णय नबदलिएसम्म कार्यान्वयन हुन्छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित एमसीसी सम्झौता कार्यान्वयन हुने बताएका छन् ।
बुुधबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले पहिला पनि भन्दै आएको स्मरण गराउँदै अघिल्लो सरकारले गरेका सम्झौताबारे नयाँ निर्णय नभएसम्म पछिल्लो सरकारले कार्यान्वयन गर्ने बताएका हुन् ।
‘एमसीसीका सम्बन्धमा कुरा उठाउनुभएको छ । एमसीसीका सम्बन्धमा मैले पहिला पनि भनेको छु । यो अघिल्लो सरकारले गरेको सम्झौता हो’, प्रधानमन्त्री ओलीले भने, ‘जवसम्म अन्यथा निर्णय हुँदैन । अघिल्लो सरकारले गरेका कामहरुको वैद्यतामाथि अन्यथा निर्णय नभएसम्म पछिल्लो सरकारले त्यसलाई पालना गर्छ । यदि त्यो उचित छैन भने त्यसलाई बदल्ने प्रयास गर्छ । जवसम्म बदलिँदैन त्यो अघिल्लो सरकारले गरेको निर्णय सदर नै हुन्छ ।’
उनले आफूले अभिछिन्न उत्तराधिकार भन्ने वित्तिकै सही गलत सवै मान्नुपर्छ भन्ने नहुने बताए । ‘हामीले पालना पनि गरेका हुन्छौँ, प्रश्न पनि गरेका हुन्छौ’ उनले १९५० सन्धीको उदाहरण दिँदै त्यो पालना पनि भएको र आफूहरुले नमानेको स्मरण गराए । ‘किनभने त्यो अपमानजनक छ त्यो हाम्रो हितमा छैन । त्यसकारण त्यो सन्धी हामीले स्वीकारेका छैनौँ ।’
एमसीसीबारे सत्तारुढ दल नेकपामा चर्को विवाद भएपनि प्रधानमन्त्रीलिे यस्तो बताएका हुन् । विवादपछि पार्टीले गठन गरेको अध्ययन कार्यदलले सम्झौता संशोधन नगरी कार्यान्वयन नगर्न सुझाव प्रतिवेदन बुझाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ