बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमसीसीको विरोधमा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिको पुत्ला दहन

बुधबार, २८ जेठ २०७७, २२ : २८
बुधबार, २८ जेठ २०७७

धनकुटा । धनकुटाको हिलेमा आज साँझ प्रधानमन्त्री केपी शर्माओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला दहन गरिएको छ । पछिल्लो समय चर्चामा रहेको एमसीसी नेपालमा लागू गर्न खोजेको विरोधमा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पको पुत्ला जलाइएको हो ।

राप्रपा (लोकतान्त्रिक)को अगुवाईमा निस्किएका युवाहरुले ओली र ट्रम्पको पुत्ला जलाउँदै सडकमा नाराबाजी गरेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्माओलीका विरुद्धमा पनि नाराबाजी गरेका छन् । ‘अमेरिकी राष्ट्रवाद मुर्दावाद, एमसीसी खारेज गर, केपी ओली मुर्दावाद’ लगायत नारा लगाउँदै युवाहरुले सडकमा प्रदर्शन गरेका हुन् ।

राप्रपा (लोकतान्त्रिक) का अध्यक्ष लाक्पा तामाङसहितका युवाहरु प्रदर्शनमा सहभागी थिए । सो क्रममा बोल्दै अध्यक्ष तामाङले राष्ट्रघाती एमसीसी सम्झौता नेपालमा लागू गर्न खोजिएकाले विरोधस्वरुप पुत्ला दहन गरिएको बताएका छन् । एमसीसीको विरोधमा उत्रन सवैलाई आह्वान गर्दै उनले नेपाली जनतालाई दास बनाउन एमसीसी लागू गर्न खोजिएको आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप