बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जापानको संसदद्वारा ३०० अर्ब डलरको आपतकालीन बजेट पारित

बुधबार, २८ जेठ २०७७, २३ : ३८
बुधबार, २८ जेठ २०७७

टोकियो । जापानको संसदले बुधबार करिब ३०० अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ । कोरोनाभाइरस महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापान सरकारले उक्त बजेट  प्रस्तुत गरेको थियो । 

कोरोना महामारीका कारण जापानमा उपभोक्ताको खर्चमा कमी आएपछि मुलुकको अर्थतन्त्र नै मन्दीमा जाने खतरा रहेको छ । सन् २०१५ यता पहिलोपटक जापानको अर्थतन्त्रमा मन्दी देखिन थालेको सरकारी र अन्य प्रक्षेपणले देखाएका छन् ।

पछिल्लो बजेटमा साना व्यवसायीलाई अनुदानको व्यवस्था गर्नुका साथै स्वास्थ्यकर्मीलाई नगद वितरण पनि समेटिएको छ ।  यो बजेट माथिल्लो सदनबाट पारित भएपछि यही शुक्रबारदेखि कार्यान्वयनमा जाने अपेक्षा गरिएको छ । 

बजेटले वित्तीय उद्धार कार्यक्रम र संघर्षरत व्यवसायलाई ऋण उपलब्ध गराउनेतर्फ पनि ध्यान दिएको छ । 

जापानमा मंगलबारसम्म कोरोनाभाइरसबाट १७ हजार २५१ जना संक्रमित हुनुका साथै ९१९ जनाको मृत्यु भएको छ । तर देशभित्र कोरोनाभाइरसको संक्रमण बढेको भन्दै प्रधानमन्त्री शिन्जो आबेले आपतकालीन स्थितिको घोषणा गर्नु भएको थियो ।  तर कोरोनाभाइरस प्रसारमा कमी आएसँगै गत महिना प्रधानमन्त्री आबेले उक्त घोषणा फिर्ता लिनु भएको थियो । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप