भित्र यति शानदार देखिन्छ सैफ–करिनाको पटौदी महल
सैफ अली खान बलिउडका एकमात्र यस्ता नायक हुन् जसको महल छ । उनको महलको नाम पटौदी प्यालेस हो जसलाई अब सैफ अली खानको नाममा राखिएको छ । तर यो पाउनु सैफ अली खानका लागि सहज भने थिएन । सैफले एक अन्तरवार्तामा उनको पिता मंसुर अली खान पटौदीको निधनपछि पटौदी प्यालेस ऋणमा डुबेको खुलासा गरेका थिए । यसलाई फिर्ता पाउनका लागि सैफले भारी मूल्य चुकाउनुपरेको थियो ।
सैफ करिनाको यो कोठी हरियाणाको गुडगांवमा छ । यसलाई इब्राहिम कोठीको नामले पनि चिनिन्छ । सैफ अली खानको यो महल भित्रबाट कस्तो देखिन्छ, त्यो हेरौं ।
सैफ अली खानको पटौदी प्यालेस गुडगांवबाट २६ किलोमिटर टाढा छ, यसको मूल्य ८ सय करोड भारु हो । पटौदी परिवारको इतिहास २ सय वर्ष पुरानो भएपछि यो महल बनेको ८१ वर्षमात्रै पुगेको छ ।
करिब १० एकड जमिनमा फैलिएको यो महलमा १५० वटा कोठा छन् । जसमध्ये सात ड्रेसिङ रुम, सात बेडरुम, सात बिलियर्ड रुम, साथै ड्रइङ रुम र डाइनिङ रुम समावेश छन् ।
पटौदी प्यालेसको निर्माण सन् १९३५ मा ८ औं नवाब तथा भारतीय टीमका पूर्व कप्तान इफ्तिखार अली हुसैन सिद्दीकीले गराएका थिए ।
यो महलमा ठूलो खेलमैदान, घोडाको तबेला र ग्यारेज छ । यो अत्यधिक सुविधासम्पन्न महलको चारैतिर महँगो पेन्टिङ र एटिक्स छन् ।
दिल्लीको कनट प्यालेसलाई डिजाइन गर्ने रोबर्ट टोर रसेलले सन् १९०० को सुरुवातमा पटौदी प्यालेस डिजाइन गरेका थिए ।
सैफ अली खान धेरैजसो आफ्नो परिवारसँग पटौदी प्यालेस गइरहन्छन् । जहाँ उनी आफ्नो परिवारसँग बिदासमेत मनाउने गर्छन् ।
गत वर्ष सैफ अली खान आफ्नी श्रीमती अर्थात् करिना कपुर खान र छोरा तैमुर अली खानसँग यहाँ बिदा मनाउन पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा