बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

करोडौं दर्शकको मन जितेका यी बलिउड अभिनेत्री अझै अविवाहित

बिहीबार, २९ जेठ २०७७, १२ : ५४
बिहीबार, २९ जेठ २०७७

एजेन्सी : दर्शक र प्रशंसकका लागि बलिउड अभिनेत्रीहरु सधैं चर्चामा रहने गर्छन् । व्यक्तिगत जीवन होस् वा कामको सिलसिलामा होस् उनीहरुको बारेमा चर्चा परिचर्चा भइ नै रहन्छ । 

त्यसमा बलिउड अभिनेत्रीहरु निकै अगाडि छन् । फिल्ममा गरेको अभिनयका कारण करोडौं दर्शकको मनमा बस्न सफल भएका बलिउड अभिनेत्रीहरु बारेमा धेरैलाई चासो पनि हुनेगर्छ । 

आज हामी बलिउडमा निकै सफल तर अझैसम्म अविवाहित अभिनेत्रीहरुको बारेमा चर्चा गर्दैछौं । 

सुष्मिता सेन 
बलिउड अभिनेत्री सुष्मिता सेन ४४ वर्षकी भइन् । उनी अझै पनि बलिउड उद्योगमा सक्रिय छिन् । हालै सुष्मिताको नयाँ वेभ सेरिज ‘आर्या’ को ट्रेलर रिलीज भएको छ । उनी आफूभन्दा कम उमेरका प्रेमीका कारण पनि उत्तिकै चर्चामा छिन् । उनका प्रेमी रोहमन शोल र उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनले अहिलेसम्म विवाह गरेकी छैनन् । उनको विवाहको सबैलाई पर्खाइ छ । 

अमीषा पटेल 
सन् १९७५ को जुन ९ जन्मिएकी अमीषा पटेल अहिले ४५ वर्षकी भइन् । अझै पनि उनी सामाजिक सञ्जालमा निकै बोल्ड तस्बिर शेयर गर्ने गर्छिन् ।  उनी सन् २००० मा ‘कहो ना प्यार है’ बा बलिउडमा प्रवेश गरेकी सफल अभिनेत्री हुन् । 
उनले हिन्दीबाहेक तेलुगु र तमिल फिल्ममा पनि काम गरेकी छिन् । थुप्रै पटक समन्धमा रहेको चर्चा चलेपछि अमिषाले अहिलेसम्म विवाह गरेकी छैनन् । 

तब्बू 
तब्बूले बलिउड उद्योगमा उत्कृष्ट अभिनयको कारण निकै चर्चा पाएकी छिन् । ४८ वर्षकी तब्बूले अहिलेसम्म विवाह गरेकी छैनन् । उनी अझै पनि बलिउड उद्योगमा सक्रिय छिन् । तब्बूले हिन्दी, तमिल, तेलुगू, मलयालम र बंगला भाषामा फिल्म खेलेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप