कुवेतबाट उद्धार भएका नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (तस्बिरहरु)
काठमाडौं । कुवेतबाट उद्धार गरेर ल्याइएका नेपाली महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट होल्डिङ स्टेशनरितर लैजाने तयारी गरिएको छ ।
कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका उनीहरुले कुवेत सरकारले नै जहाजको व्यवस्था गरेर नेपाल आउने व्यवस्था मिलाएको थियो ।
कुवेतमा अलपत्र उनीहरुमध्ये १५० नेपाली काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवेन्द्र केसीले १५० नेपाली बिहीबार विहान अवतरण भएको जानकारी दिए । आजै अर्को उडानमार्फत पनि कुवेतबाट नेपाली आउने तय भएको छ ।
नेपाल आइपुगेकाहरुलाई सेनाको १ वटा र ८ वटा साझा बसमा होल्डिङ स्टेशनमा लगिने छ । त्यहाँबाट आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित प्रदेशमा पठाइनेछ ।
कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । अन्यलाई क्रमशः नेपाल फर्काइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा