शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मर्यादा विपरित काम गरेको आरोपमा डाक्टर बर्खास्त

शुक्रबार, ३० जेठ २०७७, १२ : ५४
शुक्रबार, ३० जेठ २०७७

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले डाक्टर हरिशंकर प्रसादलाई बर्खास्त गरेको छ । प्राथमिक स्वास्थ केन्द्र पतौरामा कार्यरत डाक्टर प्रसादलाई पदीय मर्यादा विपरित काम गरेको आरोप लगाउँदै लगाउँदै नगरपालिकाले बर्खास्त गरेको हो ।

करार सेवामा कार्यरत डाक्टर हरिशंकर प्रसादले पदीय मर्यादा विपरित काम गरेको आरोप लगाउँदै नगरपालिकाले लिखित स्पस्टीकरणको माग गरेको थियो । तर हरिशंकरले स्पष्टीकरणको वास्ता नगरेको मौलापुर नगर कार्यपालिकाको आरोप छ । स्पष्टीकरण बेवास्ता गरेपछि नगर कार्यपालिका बैठकको निर्णय अनुसार उनलाई बर्खास्त गरिएको प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप