केन्द्रीय संस्करण

अनलक १.०ः काममा फर्कन हामी किन यति डराइरहेछौं ?

person explore access_timeजेठ ३०, २०७७ chat_bubble_outline0

घरभित्रै बस्ने आदेश फिर्ता लिन थालिएको छ र हामीमध्ये कति त काममा फर्कन पनि थालिसक्यौं होला ।

नेपालमा बिहिबारदेखि आर्थिक गतिविधि पुनः सुचारु हुन थालेको छ । तर सामान्य दिनचर्या पुनः सुरु गर्न हामी किन डराइरहेका छौं ?

जब हामीलाई पहिलो पटक आफ्नो घरमा मात्रै सिमित गरियो तब हामी आफ्नो दिनचर्यामा फर्कने सपना देख्ने गर्दथ्यौं ।

हामीलाई आफ्नो मनपर्ने पब, थिएटर र पसल जान मन लाग्थ्यो । हामीले यात्रा गरेको सम्झनाले हामीलाई सताउँथ्यो । हामी नयाँ कपडा खरिद गर्ने र हात मिलाउने बारे पनि सोच्थ्यौं ।

तर बिस्तारै जब संसारभरी लकडाउन खुकुलो पारिएको छ र व्यवसाय क्रमशः खुल्न थालेका छन् । हामीमध्ये थुप्रै व्यक्ति जो स्वास्थ्य सेवामा छैनौं, वा घरबाटै काम गरिरहेका छौं, उनीहरुको मनमा दुविधा उत्पन्न भएको छ ।

हामी आफ्नो दैनिक क्रियाकलाप सुरु गर्न चिन्तित भइरहेका छौं । यो साँचो हो कि हामी यसबारे निकै अघिदेखि कल्पना गरिरहेका थियौं ।

कोरोनाभाइरसको खतराः

हाम्रो अफिस र यातायातका साधन कोरोनाभाइरसको खतरासँग जुध्नका लागि कति तयार हुनेछन् हामीलाई राम्रोसँग थाहा छैन ।

तर पनि जब हामी घरबाट बाहिर निस्किएर सामान्य जीवनको तयारी गरिरहेका छौं तब हाम्रो आशंकाको पछाडि के कारण छ भनेर हामीले राम्रोसँग बुझ्नुपर्छ ।

आखिर त्यो के कुरा हो जसले हामीलाई काममा फर्कन असहज बनाएको छ ?

बीबीसी वर्कलाइफले यसबारे ग्रेटर शिकागोकी मनोवैज्ञानिक डाक्टर करेन केसिडे र न्यूयोर्कका मनोचिकित्सक डां डेविड रोसमरीनसँग कुराकानी गरेको छ ।

डाक्टर करेन केसिडे शिकागोको सेन्टर फर एङ्जाइटीकी प्रबन्ध निर्देशक हुन् भने डाक्टर डेविड रोसमरीन न्यूयोर्कका एङ्जाइटी ट्रिटमेन्ट सेन्टरका संस्थापक तथा हार्वर्ड मेडिकल स्कूलका मनोचिकित्सा विभागमा सहायक प्राध्यापक हुन् ।

लकडाउन बिस्तारै खुकुलो हुँदै छ तर म खुसी किन छैन ?

डाक्टर केसिडेका अनुसार महिनौंसम्म आफ्नो अस्तित्वको विषयमा हामी अनिश्चितताको स्थितीमा बिताइरहेका छौं जसका कारण हामीले अत्यधिक तनाव झेलेका छौं ।

जब संक्रमणको स्तर घट्दो–बढ्दो भइरहन्छ तब हाम्रा स्थानीय र राष्ट्रिय नेताहरुको आदेश परिवर्तन हुने गर्छन् ।

यस्तोमा हामीलाई आफ्नो प्रियजनको सुरक्षाको चिन्ताले सताउने गर्छ । हामी एउटा भ्रमको स्थितीमा बाँच्छौं र यो चिन्ता स्थायी हुनेगर्छ ।

डाक्टर केसिडे भन्छन्, ‘हाम्रो शरीर तनाव प्रतिक्रियाको निष्क्रिय अवस्थामा फसेको छ जसको नतिजा थकान, उदासी र चिडचिडापनको रुपमा देख्ने गर्छ ।’

यो भावना लकडाउन खुकुलो हुनेबित्तिकै चमत्कारिक रुपमा गायब हुँदैन । निकट भविष्यमा ‘हामी यहि कुराबाट गुज्रिरहनेछौं जुन आज हामी महसुस गरिरहेका छौं ।’

यसै कारण सामान्य दिनचर्या सुरु गर्नका लागि हामीमध्ये धेरैजनामा सकारात्मक उत्साह देख्न पाइएको छैन ।

महामारीमा असहाय भएको भावनाः

डाक्टर केसिडे भन्छिन्, ‘घरमै बसेर हामीलाई केही पनि नगर्न भनियो ।’

‘यदि हामीसँग कुनै काम छ जसमार्फत् हामी स्थितीलाई राम्रो बनाइरहेको  र समस्या हल गर्नका लागि केही गरिरहेका छौं भन्ने लागेको छ भने हामी अनिश्चिततासँग राम्रोसँग जुध्न सक्छौं ।’

काममा फिर्ता हुँदा हाम्रो दिनचर्या साधारण हुनसक्छ तर महामारीमा असहाय भएको जुन भावना थियो त्यो यति सजिलै जाँदैन ।

डाक्टर रोसमरिनका अनुसार क्वारेन्टिनमा बस्दाका केही फाइदा गुमाउनुपर्दा पनि काममा फर्कनु तनावपूर्ण हुने गर्दछ ।

‘कम यात्रा र कम काम हुँदा हामीले सुत्नका लागि पर्याप्त समय पायौं, परिवारसँग धेरै समय बिताउन सक्यौं र सामाजिक दबाब पनि कम रह्यो । लकडाउन समाप्त भएपछि हामीमध्ये धेरै मानिसहरुलाई यस्तो कुराले सताउनेछन् ।’

रोसमरिन भन्छन्, ‘सामान्य जीवनमा फर्कनका लागि यदि मानिसहरुको भावना मिल्दोजुल्दो भए यो अपेक्षित छ ।’

भावनात्मक रुपमा थोकेको महसुस गर्नु ठिक हो ?

यो प्रश्नको जवाफमा डाक्टर रोसमरिनले भनेका छन्, ‘वास्तवमै । लकडाउन खुल्ला पारेको थुप्रै महिनासम्म पनि अवसाद, चिन्ता, चिड्चिडापन र रिस हावी हुनसक्छ ।’

थुप्रै पटक त यो सम्बन्धका कारण निम्तिएको समस्याका कारण पनि हुनसक्ट जुन लामो समयसाँ बन्द दायरामा सँगै बसेका कारण जन्मिएको छ ।

‘वैवाहिक झगडा र घरेलु हिंसा बढेको स्पष्ट संकेत छन् । विशेषगरी ती परिवारमा जुन महामारी अघि नै संघर्ष गरिरहेका थिए ।’

लाखौं मानिसहरुको जागिर गुमेको छ, तलब पाएका छैनन् । उनीहरुको आर्थिक असुरक्षाले भावनात्मक थकानलाई थप बढाइदिएको छ ।

आमा बुवाले विद्यालय खुल्ला भए कहिलेदेखि पठाउने भनेर निश्चित गर्नुपर्छ । मानिसहरुले आफ्नो र आफ्ना प्रिय मानिसहरुका लागि के ठिक होला भनेर पनि नियालिरहेका छन् ।

यसैबीच कामको दबाब कम हुने छैनन् । जो मानिसहरु जूम एपमा अन्तहीन मिटिङमा फसिरहेका छन् उनीहरु पनि मानसिक थकानबाट अछुतो रहन सकेका छैनन् ।

लकडाउनमा जन्मियो खालीपनः

केसिड भन्छिन्, ‘थोरै बेरका लागि आउने भिडियो फिडमा दोस्रो व्यक्तिको भावलाई पढ्नु र उनीहरुसँग कुराकानी गर्नु निकै थकान दिने किसिमको हुन्छ ।’

‘भिडियो कन्फरेन्सिङमा कुराकानी गर्न आमनेसामने हुँदाको कुराकानी वा फोनमा हुने कुराकानीभन्दा बढी मिहिनेत र कोसिस गर्नुपर्छ ।’

यस्तो प्रकारको कुराकानीमार्फत् पैदा हुने तनावले हाम्रो कार्टिसोलको स्तर बढाइदिन्छ जसका कारण हाम्रो निद्रा र व्यवहारमा प्रतिकूल असर पार्नेगर्छ ।

केसिडे र रोसमरिन दुबैले लकडाउनमा पैदा भएको खालीपनलाई एकै झट्कामा हटाउन सजिलो नभएको कुरामा सहमत छन् । यसमा समय लाग्नु स्वभाविक हो ।

रोसमरिन भन्छन्, ‘यो ठूलो स्तरको अन्तर्राष्ट्रिय संकट हो । केहि समयसम्म हाम्रो भावनामाथि यसको असर रहिरहनेछ ।’

म आफ्नो वरिपरि धेरै मान्छे देख्दा डराउँछु, किन होला ?

केसिडेका अनुसार आफ्नो घरमा बन्द भएर हामी शान्तिपूर्ण जीवन बाँचिरहेका थियौं त्यसैले पनि भीडभाड युक्त बसमा यात्रा गर्न अब राम्रो नलाग्न पनि सक्छ ।

‘वास्तविकता यो हो कि काममा जानु र भीडभाडयुक्त बसमा उभिनु तनावपूर्ण हो र कुनै पनि व्यक्तिका लागि यो आदर्श स्थिती होइन ।’

यो पनि एउटा कारण हो कि धेरै मानिसहरुले महामारी अघि घरमा नै बसेर पार्टटाइम काम गर्न रुचाउनुभएको थियो ।

जब हामी सार्वजनिक यातायात सेवा र अफिसमा फर्किरहेका छौं भने हामी यी साझा स्थानमा नयाँ तरिकाले भेटघाट गर्नका लागि बाध्य हुनेछौं ।

वैज्ञानिकले सामाजिक दुरीको दिशानिर्देश भ्याक्सिन नबन्दा वा हर्ड इम्युनिटी विकसित नभएसम्म यथावत रहने भविष्यवाणी गरेका छन् ।

केसिडका अनुसार यसका लागि समय लाग्न सक्छ । जबसम्म सार्वजनिक स्थानमा हामीलाई असहज लाग्ने प्रक्रिया अपनाउनुपर्छ तबसम्म स्थिती यस्तै हुनेछ ।

क्वारेन्टिनका केही फाइदाः

हामीले आफ्नो मानसिकता बदल्नुपर्छ । यो भाइरस लामो समयसम्म हामीसँगै हुनेछ भनेर हामीले अघि बढ्नुपर्छ ।

रोसमरिनकाम ग्राहकले उनलाई बताएअनुसार काममा फिर्ता हुने बित्तिकै क्वारेन्टिनका केही फाइदा समाप्त हुनसक्छन् ।

लजालु स्वभाव भएका थुप्रै मानिसहरुले लकडाउनमा ‘राम्रो’ काम गरे किनभने यतिबेला उनीहरु समाजिक भेटघाटको डरबाट मुक्त भएका थिए ।

अवसादले ग्रस्त बनाएकाहरुलाई बिहान चाँडै उठेर काममा जानु र अफिसमा काम गर्दाको तनाव घट्नु ठूलो राहतको कुरा थियो ।

उनी भन्छन्, ‘मलाई लाग्दैन कि हामी काममा फर्कने मिल्दोजुल्दो भावनाको आधारमा कोही व्यक्तिबारे निर्णय गर्नुपर्छ ।’

भयमुक्त हुने राम्रो तरिका के हो ?

जब हामी आफ्नो दिनचर्या पुनः सुरु गर्छौं तब हामीले याद राख्नुपर्छ कि आफ्नो छटपटाहटलाई रोक्ने प्रयास गर्दा यसले थप समस्या निम्त्याउँछ ।

रासमरिनका अनुसार सामान्य भएको देखावटी गर्नु र समान्य हुनका लागि कसरत गर्नुले समस्या समाधान गर्दैन । यसको साटो हामीले यो सोच्नुपर्छ कि केहि चिन्त छ र हामीले ती चिन्ताबाट पार गर्ने निश्चय गरेका छौं ।

लामो समयसम्म एक्लै बसेका मानिसहरुले लकडाउन हट्ने बित्तिकै अपरिचितसँग कुराकानी गर्नुहोस्, आफ्नो बोससँग कुराकानी गर्नुहोस् र यस्तो काम गर्नुहोस् जुन सहज लाग्दैन ।

विशेषज्ञका अनुसार छटपटाहटले कसैको ज्यान लिँदैन तर यसमाथि हाम्रो प्रतिक्रियाले हामी कहाँसम्म पुग्छौं भन्ने निर्धारित गर्छ ।

‘हामीले आफूलाई छटपटी भइरहेको मान्छौं र त्यतिबेला आफूलाई यसका लागि तयार गर्नुहुन्छ भने यो स्वतः घट्न थाल्छ ।’

केसिडेका अनुसार हामीले यो पनि बुझ्नुपर्छ कि दिमाग र शरीरले खतराको गलत अलार्म र सही अलार्मबीच अन्तर बताउन सक्दैन ।

बेचैनीलाई एक सम्भावित खतराको संकेत बुझेर हामी योगा, ध्यान वा प्रार्थना गरेर यसलाई आफूबाट टाढा राख्न सक्छौं ।

जब हामी सार्वजनिक यातायात, अफिस र बाहिरी दुनियाँमा आउँछौं तब रोसमरिनका अनुसार असहज महसुस गर्नु केही समयका लागि सामान्य कुरा हो ।

‘यो संकटले हामीलाई सामान्य हुनुको अर्थ हामी मानव हौं भन्ने सिकाएको छ । हामी चुनौतीसँग संघर्ष गर्छौं जुन असाध्यै राम्रो कुरा हो ।’

स्रोतः बीबीसी

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.