शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपचारको क्रममा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि

शनिबार, ३१ जेठ २०७७, ११ : ०३
शनिबार, ३१ जेठ २०७७

उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी ती बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो । ‘बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परिक्षण गरिएको थियो,’ हेल्थ केयर अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले भने, ‘आरडीटी पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा सारेर नारायणी अस्पतालको टोली बोलाइएको थियो ।

नारायणीको टोलीले गरेको आरडीटी परीक्षण पनि पोजिटिभ आएपछि थ्रोट स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको ल्याबमा टेस्ट रिपोर्ट पोजिटिभ आएको डा. उदयनारायण सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप