शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केन्यामा चर्चित गायकको निधनपछि अन्त्येष्टिको विषयमा हंगामा

शनिबार, ३१ जेठ २०७७, १३ : ३३
शनिबार, ३१ जेठ २०७७

केन्याका चर्चित गायक बर्नार्ड ओबोन्योको अन्त्येष्टिको विषयमा शुक्रबार प्रहरी र प्रशंसकबीच झडप भएको छ । बर्नार्ड ओबोन्योलाई उनका प्रशंसकले अबेनी भन्थे । अबेनीका प्रशंसका उनको अन्त्येष्टि कोरोनाभाइरसका संदिग्धहरुको शवको जस्तो नहोस् भन्ने चाहन्थे ।

प्रशंसकको भीडका अनुसार यस्तो गरिनु अबेनीको अपमान हुनेछ । यद्यपि, कोरोनाभाइरसको संक्रमणका कारण शवको अन्त्येष्टिका थुप्रै नियममा परिवर्तन आएको छ । प्रहरीले भीड नियन्त्रणका कारण अश्रु ग्यास प्रहार गरेका छन् ।

ओबोन्योको मृत्यु ३३ वर्षको उमेरमा ११ जूनमा भएको थियो । ओबोन्योका भाइले केन्याली पत्रिकमा डेली नेशनसँगको कुराकानीमा उनलाई छाती र पेटमा अत्यधिक पीडा भइरहेको थियो  । उनी सास फेर्न सकिरहेका थिएनन् र रगत बन्ता गरिरहेका थिए । परिवार र प्रशासनले उनको कोरोना परीक्षण भए नभएको जानकारी भने दिएनन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप