रौतहटमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्यो : सावधानी शुन्य
रौतहट । नेपालको सबैभन्दा बढी रौतहट जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिवार रौतहटमा ९२ जनामा कोरोना संक्रमणको पुष्टि भएका् छ । योसँगै रौतहटमा संक्रमितको संख्या ७ सय नाघेको छ ।
रौतहट जिल्ला अस्पतालका प्रमुख महेश साहका अनुसार परोहा नगरपालिकाका ५२ जना, ईशनाथका २३, राजपुरका १२ र देवाही गोनाहीको ५ जनागरी कुल ९२ जनामा संक्रमणको पुष्टि भएको हो ।
रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या शनिवार अपरान्हसम्म सात सय ११ पुगेको प्रमुख साहले बताए । संक्रमित बसैजना सम्बन्धित पालिकास्थित क्वारेन्टिइनमा बस्दै आएका छन् । भारतमा लकडाउन लामो समयसम्म चलेको कारण विभिन्न सहरमा रोजगारी गरेर बसेकाहरु आआफनो घर फर्केका थिए ।
भारतको मुम्बई, दिल्ली, गुजरातलगायतका सहरबाट फर्केर जिल्लाको विभिन्न क्वारेन्टिनमा हजारौं मानिस बसिरहेका छन् । उनीहरुमा कोरोना संक्रमण देखिन थालेपछि रौतहटमा संक्रमितको संख्या दिन प्रतिदिन बढदै गएको छ । दुई दिनअघि मात्रै स्वास्थ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुई सय बढी संक्रमित हुने जिल्लामा लकडाउनमा कडाई गर्ने र सुरक्षा सतर्कता बढाउने बताएका थिए ।
तर रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या ७ सय नाघिसकेको अवस्थामा लकडाउन अनलक भएको छ । जिल्ला सदरमुकाम गौरदेखि गरुडा, चन्द्रपुर, कटहरियालगायत बजारका पसलहरु खुलिरहेका छन् ।
निजि सवारी साधनहरुको त्यत्तिकै चाप छ । केही दिनअघि स्थानीय प्रशासनले पसल खोल्दा सामाजिक दुरी कायम राख्ने, मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने, प्रत्यके पसल अगाडि साबुन पानी सेनिटाइजर राख्नुपर्ने सूचना जारी गरेको थियो ।
तर रौतहटमा कुनै नियमको पालना भएको देखिएन । सुरक्षा सतर्कता समेत नअपनाइएकाले यहाँ कोरोना भाइरसको महामारी फैलिन सकने विज्ञहरुले चिन्ता गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव