बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाका नयाँ संक्रमण देखापरेपछि बेइजिङको एउटा जिल्ला सिल गरियो

कोरोनाको नयाँ लहर देखापर्ने भयले ‘युद्धको मुड’मा चीन
शनिबार, ३१ जेठ २०७७, १९ : ०९
शनिबार, ३१ जेठ २०७७

गत दुई दिनमा स्थानीय स्तरमा कोरोनाभाइरस संक्रमणका सात नयाँ केसहरु देखापरेपछि त्यसका विरुद्ध बेइजिङ पुनः युद्धको मुडमा देखिएको छ । उसले शहरको सबैभन्दा ठूलो होलसेल खाद्य बजारलाई बन्द गरिदिएको छ ।

कोरोनाभाइरसको नयाँ लहर देखापर्ने हो कि भन्ने डरले चीनको राजधानी बेइजिङमा पर्यटकहरुको आवातजावतमाथि प्रतिबन्ध लगाइएको छ ।

त्यसैगरी, दक्षिण बेइजिङमा पर्ने फेङताई जिल्लाका ११ वटा आवासीय क्षेत्रबाट त्यहाँका बासिन्दाहरुलाई घरबाट बाहिर निस्कन निषेध गरिएको छ । शहरका पदाधिकारीहरुका अनुसार अहिलको कोरोनाभाइरस संक्रमणको केस जिल्लाको सिनफादी होलसेल बजारसँग जोडिएको  पाइएको छ ।

पछिल्ला दुई महिनामा पछिल्लो पटक गत शुक्रबार फेला परेका बेइजिङका  कोभिड–१९ संक्रमित व्यक्ति गत हप्ता सिनफादी मासु बजारमा गएका थिए । त्यसबीचमा उनी शहरबाहिर कतै भ्रमण नगरेको बताइएको छ ।

त्यसैगरी, स्थानीय स्तरमा कोरोना संक्रमित भएका अन्य ६ जना व्यक्तिहरु चाहिँ शनिवार फेला परेका थिए । तीमध्ये तीनजना सिनफादी बजारका कामदारहरु थिए, बाँकी एक जना बजारमा किनमेल गर्न गएका व्यक्ति तथा अन्य दुई जना चार किलोमिटर टाढाका चाइना मिट रिसर्च सेन्टरका कर्मचारीहरु हुन् । ती दुईमध्ये एक जना कर्मचारी चाहिँ गत हप्ता मासु बजार गएका थिए ।

पदाधिकारीहरुले संक्रमितहरुमध्येका एकजनाले भ्रमण गरेका सिनफादी र अन्य सिफुड बजारहरुलाई निर्मुलीकरण गर्न तथा नमूना संकलन गर्नका लागि बन्द गराएका छन्  ।

बेइजिङका फेनताई जिल्लाका एक जना पदाधिकारी चु जुनवेईका अनुसार, जिल्ला युद्धकालको आपतकालीन मुडमा थियो ।

उनका अनुसार, घाँटकिो स्वाव परीक्षण गरिएका सिनफादी होलसेल बजारका ५१७ जनामध्ये ४५ जनामा नोबेल कोरोनाभाइरसको संक्रमण देखिएको छ । तर उनीहरुमध्ये कसैमा पनि कोभिड–१२९ को लक्षण देखिएको छैन ।

स्मरण रहोस्, चीनले लक्षण नदेखिएका संक्रमितहरुलाई आफ्नो संक्रमितको सूचीमा समावेश गर्दैन ।

अलजजिराका बेइजिङस्थित रिपोर्टर कट्रिना युका अनुसार सिनफादी शहरकै सबैभन्दा ठूलो होलसेल बजार हो । सोही बजारमा सीफुड बेचिरहेको एक जना व्यापारकिो टेबुलमा पनि स्थानीय पदाधिकारीहरुले कोरोनाभाइरसको नमूना फेला पारेका थिए ।

फेङताई जिल्लालाई सिल गर्नका लागि मिल्ट्री पुलिस पठाइएको थयो र त्यहाँका थुप्रै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम तथा खेल कार्यक्रमहरु रद्द गरिएका थिए । त्यसैगरी, नजिकैका क्षेत्रमा पर्ने नौवटा स्कुल तथा किन्डरगार्टेनहरु पनि बन्द गरिउका थिए ।

बेृइजिङका पदाधिकारीहरुका अनुसार बजार क्षेत्रका १० हजारभन्दा बढीइ मानिसहरुमा कोरोनाभाइरस संक्रमण रहेनरहेको पत्ता लगाउन न्यूक्लेइक एसिड टेस्ट गरिने भएको छ ।

अलजजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप