मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बजार

शनिबार, ३१ जेठ २०७७, २२ : ३४
शनिबार, ३१ जेठ २०७७

डिजीटल बजारमा सजाएको  छु
तिम्रो उत्ताराधुनिक मृत्युको बेरोजगार घाटी
सत्ताको सास्ती भोगेको तिम्रो टाउकोलाई
म अचानोमा राख्दिनँ अब
बरू तिमीलाई

 सहज मृत्यु दिन्छु ‌अर्थात डिजीटल डेथ |

नव उदारवादी बजारले तिम्रो भोकलाई
हारालुछ गर्दै किन्न भीड लागेपछि हो
यो मल्टीप्लेक्स शहरको जिब्रो मा खटिरा निस्केको |

यो घोसे महानगरको मध्य भागमा
ठिंग उभिएको मुखाल्नी तरूणी जस्तो सापिङ मालको दैलोमा
तिम्रो बेइज्जत भएको अनुहारको बिज्ञापन टाँसेर
कमसेकम कुनै कम्पनी ले आफ्नो पेटपाला त गर्दैछ |

बजारले सखाप पारेको
डिजीटल सपनाको एम्टी पाकेटमा
के के खोजेर हैरान भएका किसानको
आधाकल्चो निन्द्रा किन्न फेरी
डल्लै अनलाइन बजारको दलाल गाउँ पसेका छन् |

डिजीटल सपिङ्गको बुट्टेदार मासुको बट्टामा
अर्डर गरेको कुनै अफ्रिकी वेरोजगार युवाको
कुपोषित वीर्य चाख्न
शहरको भर्जिन   खोक्रो  कुमारी सपना
छटपटाइरहेका छन् |

बजारले आजकल लाइभ बेचिरहेका छन्
मासुको हाट |

हावा थुनिएका शहरमा कैद भएका छन्
पसिनाको श्वास र उज्यालो हराएको बजारमा
लापता छन‌
सुकरातको एकजोर आँखा
गन्तव्य हराएको आधावैशे बाटोमा
कैडा लागेको छ समयको खुट्टालाई
बजारले थुतिसकेको छ छुरा जस्तो धारिलो  बस्तीको जिब्रो
कानको प्वालमा उमारी दिएको छन्
मसिनको जरा |

सडकका कागजसम्मलाई
एउटी अगति आईमाईको रजस्वला मा‌ चोबेर
रातो गुलाब उमार्छन अनि बेच्छन्
माया  पिर्थीको कालो बजारमा |

बजारले बौलाहा बनाएको एउटा
बडीबिल्डरको आधाकल्चो पाखुरा कराई हिँड्छ
कसैको बजार बोकेको थाङने झण्डा बोकेर |

हरेक थोकलाई चम्काएर यसरी
अन्धो बनाई दिनु नै बजार को बिशेषता हुन‌|

युवाहरु को मस्तिष्क लाई चिहान बनाएर
नचाई रहेछन् डिजिटल मृत्यु को नृत्य |

आउनोस अब तपाईं पनि मन्दिर छोडी
डिजीटल ध्यान शिबिर
जहाँ आँखै खोलेर पनि मोक्ष प्राप्त हुन्छ
ईश्वरहरु तपाईं कै अघि  छम छम नाच्छन्
किनकि अब‌ ईश्वरहरूलाई पनि बजारले किडन्याप गरेको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा