रौतहटमा हतियार र गाँजासहित २ जना पक्राउ
रौतहट प्रहरीले अवैध हतियार र लागुऔषध गाँजासहित दुुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरिया बाट खटिगएको गस्ती टोलीले अवैध हतियार र गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
शनिवार साँझ ईलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलीले जयराजपुरबाट हर्षाहा जान लागेका एकजना मानिसलाई गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा हतियारसहित पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा गुजरा नगरपालिका–८ जयराजपुरका ४० वर्षीय कर्मुलाह अन्सारी रहेको र निजको साथबाट एकथान नलकटुवा पेस्तोल र २ थान गोली बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी ५ किलो लागुऔषध गाँजासहित पक्राउ पर्नेमा राजपुर नगरपालिका–५ का ४५ वर्षीय महमद सलाम रहेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंहले जानकारी दिएका छन् ।
कटहरिया–२ हँथियाही गाँउनजिकै झोलामा राखेर साइकलमा आफनो घरतर्फ गइरहेको क्रममा शनिवार साँझ गस्तीटोलीले सलामलाई गाँजासहित पक्राउ गरेको थियो ।
हतियार र गाँजासहित पक्राउ परेका दुवैजनालाई आज मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै