शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पर्साका थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

आइतबार, ३२ जेठ २०७७, १० : ०५
आइतबार, ३२ जेठ २०७७

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा १७ जना नै पर्सा जिल्लाका रहेका छन् ।

भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा. उपाध्यायले जनाए । ‘पर्साका १७ जना संक्रमितमध्ये तीन जना महिला र १४ जना पुरूषहरू रहेको डा. उपाध्यायले जानकारी दिए ।

पर्साका संक्रमितहरु २० वर्षदेखि ४५ वर्ष समूहका रहेका छन् । गत जेठ २४ मा उनीहरुको स्वाब संकलन गरिएको थियो । पर्साका १७ जना संक्रमितमध्ये पोखरिया नगरपालिकाको क्वारेन्टाइनमा रहेका १० जना, विन्दवासनी गाउँपालिकाको झौवा क्वारेन्टाइनमा रहेका दुईजना, जिराभवानी गाउँपालिका र धोबनी गाउँपालिकाका एक–एक जना, पर्सागढी नगरपालिकाको एक जना र पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनका २ जना रहेका छन् । संक्रमितहरुलाई आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप