बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको पहिलो लडाईं जितेको फ्रान्सका राष्ट्रपतिको दाबी

सोमबार, ०१ असार २०७७, ०९ : ०३
सोमबार, ०१ असार २०७७

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले फ्रान्सले कोरोनाविरुद्धको पहिलो लडाईं जितेको र अब विभिन्न प्रकारको प्रतिबन्ध हटाइने जानकारी दिएका छन् ।

कोरोना महामारी सुरु भएदेखि आइतबार उनले देशको नाममा चौथो सम्बोधन गरे । उक्त सम्बोधनमा उनले तीन महिना लामो लकडाउन पछि अब देशको अर्थव्यवस्थालाई यथास्थानमा ल्याउने बेला भएको बताए ।

उनले सोमबारदेखि फ्रान्सले युरोपेली संघको शेन्जेन जोनमा समावेश छिमेकी मुलुकका लागि आफ्नो सीमा खोल्ने जानकारी दिएका छन् ।

पेरिसमा बार र रेष्टुरेन्ट खोल्ने अनुमति दिइनेछ । जून २२ तारिखदेखि अनिवार्य रुपमा स्कूल खोलिनेछन् र यसका लागि स्कूलले उचित तयारी गर्नुपर्नेछ ।

म्याक्रोंले भने, ‘हामी साधारण जीवनयापन सुचारु गर्ने विषयमा मानिसहरुले आशा गर्न सक्नेछन् । तर हामीले याद गर्नुपर्ने कुरा के छ भने भाइरस पूर्ण रुपमा समाप्त भएको छैन । हामीले लामो समयसम्म भाइरससँगै बाँच्न सिक्नुपर्छ र सामाजिक दुरीको नियम पालना गर्नुपर्छ ।’

‘यो वर्षको गर्मी अन्य वर्षको भन्दा भिन्न हुनेछ र यदि भाइरस पहिलेभन्दा शक्तिशाली भएर निस्किए हामीले त्यसका लागि पनि तयार हुनुपर्छ । यो महामारीविरुद्ध हाम्रो युद्ध समाप्त भएको छैन तर मलाई खुसी छ कि यसविरुद्धको पहिलो युद्ध हामीले जितेका छौं ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप