लगातार कम निन्द्राले निम्त्याउन सक्छ यस्ता गम्भीर रोग
एजेन्सी – धेरै समयसम्म काम गर्ने अनि कम सुत्ने गर्नाले मानिसको शरीरमा गम्भीर असर पर्ने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । जो व्यक्ति ८ घण्टाभन्दा बढी लगातार काम गर्ने गर्छन् तिनीहरुका लागि निन्द्रा पनि उत्तिकै जरुरी हुन्छ ।
जर्मनीको विश्वविद्यालय युनिभर्सिटी अफ बनमा गरिएको एक अध्ययनका मुख्य लेखक ड्यानियल कुएटिन्गका अनुसार लामो समयसम्म काम गर्नेहरुलाई मुटुका धमनीहरु खुम्चिने, उच्च रक्तचाप, मुटुको धड्कन अस्वभाविक रुपमा बढ्ने जस्ता समस्या देखिन्छ ।
यसैगरी, केही अनुसन्धानहरुले कम निन्द्राले स्तन क्यान्सरको पनि सम्भावना बढ्ने बताएका छन् । यसका साथै, कोशिकाहरुमा पनि नोक्शान पुग्छ ।
भरपुर निन्द्राले मस्तिष्कलाई आराम दिलाउँछ । जति निदाइन्छ उति नै मस्तिष्कले नयाँ उर्जा प्राप्त गर्ने गर्छ । तर निन्द्रा नपुगेमा मस्तिष्क ताजा हुन पाउँदैन । जसले गर्दा थुप्रै प्रकारका मानसिक समस्या समेत पैदा हुन्छ ।
कम निन्द्राले हड्डीहरु कमजोर हुन सुरु गर्छ । कम सुताईले हड्डीहरुमा मिनरल्सको सन्तुलन गडबढ हुन गई जोर्नीहरु दुख्ने समस्या आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम