शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओमानबाट १ सय ६६ यात्रु लिएर पहिलो ‘उद्धार’ विमान उड्यो

सरकारले तोकेको भाडादर भन्दा ८ हजार सस्तो
सोमबार, ०१ असार २०७७, १२ : ५०
सोमबार, ०१ असार २०७७

युएई। ओमानमा अलपत्र परेका १ सय ६६जना नेपाली कामदार लिएर सलाम एयरको पहिलो ‘उद्धार’ विमान उडेको छ । मस्कटस्थित नेपाली दुतावासले प्राथमिकतामा राखेका नेपाली कामदारलाई सलाम एयरको उडान नम्बर ओभी ४२७ स्थानीय समय ८ः१५ मा उडेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले रातोपाटीलाई बताइन्।

राजदूत ढकालले रोजगारदाता र कामदार आफैले टिकट काटेर फर्किएको, कामदारको पीसीआर परीक्षण गरी फर्काइएको बताइन् । उनले दूतावासको सेल्टरमा रहेका १३ जना महिलाको टिकट खर्च भने दूतावासले नै व्यवस्था गरेको बताइन्।

सरकारले ओमनबाट स्वदेश फर्कन चार्टर विमान नेपाल एयरलाइन्सको लागि ३ सय ६६ अमेरिकी डलर (झन्डै ४४ हजार रुपैयाँ) र हिमालयन एयरलाइन्सका लागि सरकारले झन्डै ४८ हजार रुपैयाँ भाडा दर तोकेको थियो।

तर ओमन दूतावासले सरकारले तोकेको हवाई भाडादर भन्दा झन्डै ८ हजार रुपैयाँ कममा ्करिब ३६ हजार रुपैयाँमा सलाम एयरलाईन्स मार्फत अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काएको हो।

ओमानबाट असार ४ गते दोश्रो चार्टर उडान उड्ने तालिका सार्वजनिक भएको छ ।ओमानबाट नेपाल फर्कन चाहने  ६ सय ५६ जनाको पहिलो सूचीमा नाम छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप