बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्लियर टिभीबाट सुरु भयो अनलाइन कक्षा, २९३ नम्बर च्यानलमा यसरी हुन्छ कक्षा

सोमबार, ०१ असार २०७७, १५ : १४
सोमबार, ०१ असार २०७७

काठमाडौं– नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले यस बिषम परिस्थितिमा विद्यार्थीहरुको पठन पाठनमा अबरोध नहोस भनि क्लियर टिभी सेवामा ई-कक्षा प्रसारण सुरु गरेको छ । 

ई-कक्षा क्लियर टिभीको २९३ नं च्यानलमा प्रसारित छ । कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई यस्तो समयमा उपयोगीमूलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिच्यूट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक  सामाग्रीलाई समाबेस गरि च्यानलको प्रसारण सुरु गरिएको हो । 

विज्ञान, समाजिक शिक्षा, अंग्रेजी, हिसाब र नेपालीको पाठ्यक्रम समावेश गरिएको यस ई- कक्षा सोमबार देखि शुक्रबारसम्म बिहानको ११ बजेदेखि सुरु हुनेछ । विद्यार्थीका निम्ति यो कार्यक्रम निकै नै लाभदायक रहने विश्वास लिइएको छ । थप जानकारी क्लियर टिभीको २९३ नं. च्यानलमा प्राप्त गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप