बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वी र चन्द्रमाको बीचबाट गुज्रियो क्षुद्र ग्रह, कसैले थाहा नै पाएनन्

यो हप्ता पाँचवटा क्षुद्र ग्रह पृथ्वीको नजिकबाट गुज्रदै
मङ्गलबार, ०२ असार २०७७, ०९ : २८
मङ्गलबार, ०२ असार २०७७

पृथ्वीको नजिकबाट यस हप्ता पाँचवटा क्षुद्र ग्रह गुज्रनेछ । अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा) ले यसबारे जानकारी दिएको हो ।

नासाका अनुसार गत हप्तामात्र एक क्षुद्र ग्रह पृथ्वी र चन्द्रमाको बीचबाट गुज्रेको थियो । वैज्ञानिकहरुले उक्त क्षुद्र ग्रहरलाई ट्रयाक गर्न चुकेका थिए । नासाले यस्तो गल्तीले भविष्यमा मूल्य चुकाउन पर्न सक्ने पनि बताएको छ ।

पृथ्वीको नजिक भएर गुज्रने क्षुद्रहरु मध्ये एकको आकार ४७ फिट र बाँकीको १३० देखि १८० फिटसम्म रहेको छ । यी क्षुद्र ग्रहरु पृथ्वीबाट आठ लाख ५९ हजार देखि ४१ लाख माइल टाढाबाट गुज्रनेछ । यसबारे धेरै चिन्ता लिन आवश्यक नभएको वैज्ञानिकहरुले बताएका छन् ।

तर, नासाका अनुसार गत ५ जुनमा एक क्षुद्र ग्रह पृथ्वीबाट १ लाख ९० हजार माइलको दुरीबाट गुज्रेको थियो । यसको आकार ४ सय फिट थियो । वैज्ञानिकहरुका अनुसार ‘२०२० एलडी’ नाम दिइएको उक्त क्षुद्र ग्रह पृथ्वी र चन्द्रमाबीचबाट गुज्रेको थियो । तर, ७ जुनसम्म वैज्ञानिकहरु बेखबर रहे । वैज्ञाहिरुले क्षुद्र ग्रह ठूलो आकारको नभएको बताए पनि सन् २०१३ मा साइबेरियामा कहर बर्साएको चैलयाविस्क उल्कापिन्डभन्दा यो ठूलो रहेको थियो ।

खगोलविदका अनुसार १६४० फिट या सोभन्दा ठूलो क्षुद्रग्रह एक लाख ३० हजार वर्षमा एक पटक पृथ्वीसँग ठोक्किने अनुमान गरिन्छ । १३ अप्रिल २०२९ मा ९९९४२ नाम दिइएको क्षुद्र ग्रह पृथ्वीको निकै नजिक भएर गुज्रने छ । यो पृथ्वीसँग ठोक्किन पनि सक्नेछ । यसले केही भूउपग्रहलाई नोक्सान पनि पुर्याउने सक्ने बताइएको छ । यस क्षुद्र ग्रहको आकार ११ सय फिट रहेको छ ।

अर्को क्षुद्र ग्रह बेन्नूको आकार १६१० फिटको रहेको छ । यो सन् २१७५ मा पृथ्वीको नजिक भएर गुज्रनेछ । नासाका अनुसार काइनेटिक इम्प्याकटरको मद्दतले क्षुद्र ग्रहलाई पृथ्वीको नजिक आउनभन्दा अघि नै नष्ट गरिनेछ ।

यी क्षुद्र ग्रहको बाटोमा भूउपग्रह पठाइनेछ । यसले उक्त क्षुद्र ग्रहलाई नष्ट गरिदिनेछ । यस प्रविधिको प्रयोग सन् २०२६ मा पहिलोपटक गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप