बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रक्सी नपाएर मान्छेलाई टोक्ने बाँदरलाई आजीवन जेल सजाय

मङ्गलबार, ०२ असार २०७७, १३ : १९
मङ्गलबार, ०२ असार २०७७

बाँदरलाई जन्मकैद दिइएको कहिल्यै सुन्नुभएको छ ? हो, छिमेकी भारतमा यस्तै भएको छ । कानपुर चिढियाघरमा त्यस्तो बाँदर छ, जो आजीवन जेलमा बस्नेछ । 

कालुवा नामको यस बाँदर मिर्जापुर जिल्लाको रैथाने हो । उसले मिर्जापुरमा टोकेका २ सय ५० व्यक्तिमध्ये एकजनाको मृत्यु भइसकेको छ । रिपोर्टअनुसार स्थानीय एक जड्याहाले यो बाँदरलाई पालेका थिए र उनले निरन्तर आफूसँगै बाँदरलाई पनि रक्सी खुवाउँथे। 

बिस्तारै कालुवा पनि जड्याहा भयो । जब ती जड्याहा मालिक बिते, त्यसपछि रक्सी नपाएर कालुवा आक्रामक भयो । उसले जथाभावी टोक्न थाल्यो र मिर्जापुरमा आतंक फैलायो । त्यसपछि कालुवालाई पक्रनका लागि बन र चिडियाघरको टोली बोलाइयो । 

ठूलो प्रयासपछि कालुवालाई पक्राउ गरेर कानपुर चिडियाघरमा राखिएको समाचारमा जनाइएकाे छ । ‘हामीले पहिले उसलाई केही महिनासम्म आइसोलेसनमा राख्यौं र अहिले अलग खोरमा कैद गरेका छौं । उसको व्यवहारमा कुनै परिवर्तन देखिएको छैन र ऊ पहिलेजस्तै आक्रामक छ । हामीले उसलाई यहाँ ल्याएको तीन वर्ष भइसकेको छ र अब जीवनभर यहीँ राख्ने निर्णय गरेका छौं,’ चिडियाघरका डाक्टर मोहद नसिरले भने । 

नसिरका अनुसार कालुवा ६ वर्ष भयो र यदी उसलाई स्वतन्त्र छाडियो भने उसले जहाँ भेट्यो त्यही मानिसलाई आक्रमण गर्नेछ । अहिलेसम्म आफ्नो खोर हेर्ने व्यक्तिसँग समेत कालुवा घुलमिल हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप