शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले दक्षिण कोरियासँग सम्पर्कका लागि बनाएको कार्यालय बमले उडायोः रिपोर्ट

मङ्गलबार, ०२ असार २०७७, १३ : ३०
मङ्गलबार, ०२ असार २०७७

मंगलबार उत्तर कोरियाले दक्षिण कोरियासँग सम्पर्क स्थापित गर्नका लागि  केइसङको सीमा क्षेत्रमा बनाएको सम्पर्क कार्यालय बमले उडाइदिएको दक्षिण कोरियाका युनिफिकेशन मिनिस्टरले जानकारी दिएका छन् ।

दक्षिण कोरियाको मिनिस्ट्री अफ युनिफिकेशन (एमओयु) ले उक्त बिस्फोट स्थानीय समयानुसार दुई बजेर ४९ मिनेटमा भएको हो ।

उत्तर कोरियाले दक्षिण कोरियाको सीमामा बनेको यो संयुक्त औद्योगिक कम्प्लेक्समा बनेको कार्यालय ध्वस्त पारेको रिपोर्टमा उल्लेख छ । यो घटनापछि परमाणु हतियारद्वारा सुसज्जित उत्तर कोरिया र छिमेकी दक्षिण कोरियाबीचको तनाव निकै गहिरिएको छ ।

यसअघि उत्तर कोरियाली सेनाले सीमा क्षेत्रस्थित सैन्यरहित इलाकामा प्रवेश गर्न तयार रहेको जनाएको थियो ।

दक्षिण कोरिया हुँदै देशबाट भागेकाहरुले उत्तर कोरिया विरोधी पर्चा राखेर सीमा क्षेत्रमा बेलुन उडाएपछि दुई देशबीच तनाव छ । झन्डै एक साताअघि दक्षिण कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्ना सेनालाई कारबाहीका लागि तयार रहन आदेश दिइएको बताएकी थिइन् । र, अहिले उनले सेनाले फ्रन्टलाईनमा खटिएर देशको रक्षा गर्न तयार रहेको जनाएकी हुन् ।

स्रोतः एनके न्यूज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप