शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि ‘आँधी तुफान’ ल्याउँदै मौनता

बुधबार, ०३ असार २०७७, ११ : ४९
बुधबार, ०३ असार २०७७

काठमाडौं । स्क्रिप्ट राइटर तथा निर्माता मौनता श्रेष्ठले फिल्म ‘आँधी तुफान २’ बनाउने भएका छन् । विस २०६१ सालमा निर्माण भएको ‘आँधी तुफान’को सिक्वेलको रुपमा उनले यो फिल्म निर्माण गर्न लागेका हुन् । 

महेन्द्र बुढाथोकीको निर्देशन रहेको यो फिल्म ‘आँधी तुफान’ व्यावसायिक रुपमा सफल चलचित्र हो । लेडी एक्सन फिल्म ‘आँधी तुफान’मा पूजना प्रधान, ऋचा घिमिरे, रञ्जु लामीछाने लगायतको मुख्य भूमिका थियो ।

लकडाउन अवधिभर आफूले ‘आँधी तुफान–२’ को स्क्रिप्ट लेखिसकेको र भदौबाट सुटिङ जाने तयारी गरेको निर्माता मौनताले जानकारी दिए । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्देशक तथा कलाकार छनौटकै क्रममा रहेको उनले बताए ।

नारी कथामै बन्ने आँधी तुफान–२’ ले नेपाली समाजमा भइरहेको नारीमाथिकोे दमन, शोषण तथा अत्याचार अनि नारी जागरणको विषयलाई प्रमुखताका साथ उठान गर्नेछ । फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय रहने छ । 
कार्यकारी निर्माता रत्नले फिल्मको कथावस्तु मन परेकाले लगानी गर्न तयार भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप