मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा पहिलो पटक एक दिनमा २ हजार बढीको मृत्यु

बुधबार, ०३ असार २०७७, १२ : ३७
बुधबार, ०३ असार २०७७

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेर ३ लाख ५४ हजार ६५ जना पुगेको छ । भारतमा मृत्यु हुनेको संख्या पनि ११ हजार ९ सय ३ रहेको छ ।

कोरोनाभाइरसको महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमित देखिएको छ । महाराष्ट्रमा संक्रमितको संख्या १ लाख १३ हजार ४ सय ४५ रहेको छ । यहाँ हालसम्म ५ हजार ५ सय ३७ जनाको मृत्यु भइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुई हजारको मृत्यु भयो जुन एकैदिन मृत्यु भएको हालसम्मको सर्वाधिक आँकडा हो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप