शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोभिड–१९’ का विरुद्धको लडाइँमा अमेरिकाले भारतलाई सघाउने

बुधबार, ०३ असार २०७७, १४ : ४२
बुधबार, ०३ असार २०७७

एजेन्सी । संयुक्त राज्य अमेरिकाले कोभिड–१९ का विरुद्धको लडाइँमा भारतसँग साझेदारीका गर्ने जनाएको छ । अमेरिकाले मङ्गलबार यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । अमेरिकाले पठाएको भेन्टिलेटरहरु बुधबार भारत आइपुगेका छन् । त्यसपछि प्रतिक्रिया दिँदै अमेरिकाले सो धारणा राखेको हो ।

अमेरिकाले भारतलाई औषधि उपकहरणहरु प्रदान गर्दै आएको छ । यसैसहयोग स्वरुप अमेरिकाले पनि पछिल्लो पटक भेन्टिलेटरहरु सहयोग गरेको बताइएको छ । यो सहयोगको पहिलो चरण बुधबार भारत पुगेको बताइएको हो ।

यी भेन्टिलेटरले भारतका भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेका विरामीको ज्यान बचाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता मोगन अर्टगसले ट्वीट गरेर सो कुराको जानकारी दिुनभएको प्राप्च समाचारमा जनाइएको छ ।

भारतका लागि अमेरिकी राजदूत केनिथ जस्टरले बुधबार युएसएआइडीका तर्फबाट भारतीय रेडक्रम सोसाइटीलाइ बुधबार ती भेन्टिलेटरहरु उपलब्ध गराएका । अमेरिकाले भारतलाई औषधीय सामग्रीहरु उपलब्ध गराउने बताएको छ । सोहीबमोजिम अमेरिकाले यो पहिलो चरणमा १०० वटा भेन्टिलेटर पठाएको बताइएको हो । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप