शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुइज भिलेन बन्दा १० खेलाडीमा सिमित आर्सनलमाथि सिटी हावी

बिहीबार, ०४ असार २०७७, ०९ : ११
बिहीबार, ०४ असार २०७७

खेलमा निकै कमजोर प्रदर्शन गरेका डेभिड लुइज रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेपछि म्यान्चेस्टर सिटीले आर्सनमाथि ३–० को सहज सिजन हासिल गरेको छ ।

कोरोनाभाइरसको महामारीका कारण स्थगित बनेको प्रिमियर लिग बुधबारबाट दर्शक बिना नै बन्द स्टेडियमभित्र पुनः सुरुवात भएको छ ।

पहिलो हाफमा स्बस्टिच्युटका रुपमा मैदान प्रवेश गरेका लुइजको गल्तीको फाइदा उठाउँदै राहिम स्टर्लिङले इन्जुरी समयमा सिटीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातमा लुइजले रियाद महारेजलाई लडाएपछि सिटीले पेनाल्टी पायो भने लुइजले रातो काड खाँदै मैदान छाड्नुपर्यो । पेनाल्टीलाई केभिन डी ब्रुयनाले सजिलै गोलमा परिणत गरे ।

खेलको अन्यमा फिल फोडेनले सिटीका लागि तेस्रो गोल गर्दै सिटीलाई सहज जित दिलाए । सिटीले सबै प्रतियोगितामा आर्सनलमाथि लगातार सातौँ खेल जित्न सफल भएको छ । यता, आर्सनल भने प्रिमियर लिगमा घरेलु मैदानबाहिर खेलिएका पछिल्ला २६ खेलमा शीर्ष ६ टोलीविरुद्ध जीतविहीन रहेको छ ।

जीतपछि सिटी लिगको दोस्रो स्थानमा कायम रहेको छ । आर्सनल भने नवौँ स्थानमा सिमित बनेको छ ।

बुधबार भएको अन्य खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरीमा चित्त बुझाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप