शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘फुर्के’ युनिटद्वारा वृक्षारोपण

बिहीबार, ०४ असार २०७७, ११ : ५१
बिहीबार, ०४ असार २०७७

काठमाडौं । कोरोनाको कहर नियन्त्रणको कामना गर्दै फिल्म ‘फुर्के’ युनिटले वृक्षारोपण कार्यक्रम गरेको छ । फिल्म युनिटले नवलपुर जिल्लाको मध्यविन्दु जिल्ला अस्पताल परिसरमा अगरवूड जातको बिरुवा रोपेका हुन् ।

विशेष गरि अगरवूड जातको रुखको भित्रि भागबाट निस्कने तरल पदार्थबाट सुगन्धित सामाग्री निर्माण गर्न बहुमुल्य मानिने भएकोले अस्पताल क्षेत्रमा यसको बृक्ष रोपण गरेको निर्माता देवेन्द्र खड्काले जानकारी दिए । ‘बिरुवाले मानिसलाई स्वच्छ अक्सिजन त दिन्छ नै । आम्दानी पनि दिओस् भन्ने हाम्रो उद्देश्य हो’ खड्काले भने ।

वृक्षारोपण कार्यक्रममा निर्माता देवेन्द्र, एम बि राउत, गायक मुकेश रसाईली, कावासोती नगरपालिकाको उपप्रमुख प्रेम शंकर मर्दनिया लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कावासोती नगरपालिकाको उपप्रमुख प्रेम शंकरले समाज रुपान्तरणमा कलाकर्मीले खेलेको भूमिकाको चर्चा गर्दै जिल्ला अस्पताल परिसरमा बहुमुल्य जडिबुटीकलाकर्मीले उपलब्ध गरेकोमा खुसी ब्यक्त गरे । उनले अगरवूड जातको रुख नेपाल सरकारले बहुमुल्य जडिबुट्टीको रुपमा समेत सूचीकृत गर्न लागेको जानकारी गराए ।

‘फुर्के’ छुवाछुतको बिषयमा बनेको फिल्म हो । दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतको फिल्ममा अभिनय रहेको थियो ।

देबेन्द्र खड्काले फिल्म मानबहादुर राउतसँग मिलेर बनाएका हुन् । कल्पना मरहठ्ठा शाही सह निर्माता रहेको फिल्मको कार्यकारी निर्माता बखत बिष्ट हुन् ।

फिल्ममा नबिन पन्तको लेखन, बासु बरालको छायाँकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेको छ ।

निर्माता खड्काले वृक्षारोपण छोरी प्रान्सुको जन्मदिनको अवसर पारेर आयोजना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप