बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतबाट बाढीको रुपमा मान्छे आए, कोरोना संक्रमण ह्वात्तै बढ्यो: प्रधानमन्त्री ओली

बिहीबार, ०४ असार २०७७, १५ : १३
बिहीबार, ०४ असार २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट बाढीको रुपमा नेपाली नागरिक स्वदेश फर्किएपछि कोरोना संक्रमण बढेको बताएका छन् ।  बिहिबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण विश्वमा फैलिएपछि अरु देशमा फाट्टफुटट नागरिक फर्किएपनि हाम्रोमा बाढीको रुपमा आएका कारण संक्रमितको संख्या बढेको बताए । उनले भारतबाट चैत महिनामा १२ हजार ६ सय ५७, बैशाखमा ११ हजार ७ सय ४९ जना, जेठमा २ लाख ४१ हजार ८ सय ६२ जना नेपाल आएको बताए ।  

यस्तै असार १ गतेदेखि ३ गतेसम्म ३ दिनको अवधीमा मात्रै ७ हजार ५ सय २ जना नेपाल प्रवेश गरेको बताए ।  जेठ र असारमा दैनिक ७ हजार ८ सय २२ जना नेपाल प्रवेश गरेको उनले बताए । यतिबेला नेपालमा कोरोना परिक्षण दिनमा बढीमा ७ हजारसम्म पु¥याउन सकिएको नत्र ४ हजार ४५ सय हाराहारीमा हुने गरेको बताउँदैं भारतबाट महिनामा साढे २ लाख हाराहारी मान्छे आएका कारण समस्या भएको बताए ।  उनले परीक्षण क्षमतालाई बढाइरहेको, निकालेको स्वाब परिक्षण छिटो गर्न निर्देशन दिएको पनि उल्लेख गरे । 

एक महिनामा अडाई लाख जनता बाहिरबाट आउँछन् भने उनीहरुको लागि क्वारेन्टाइन स्थापना गर्नु, उनीहरुको लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको व्यवस्था गर्नु सामान्य कुरा नभएको प्रधानमन्त्रीको भनाई छ । 
बाहिरबाट भन्नलाई सजिलो भएपनि ति चिजहरुको व्यवस्था गर्न सजिलो नभएको बताउँदै स्थानीय तह गाउँपालिका र नगरपालिकाले क्वारेन्टाइनको व्यवस्थापन, ब्यक्तिगत दुरी कायम गर्ने, सेवा उपलब्ध गराउने जनशक्तिको राम्रो व्यवस्थापन गरेको बताए ।  विश्वमा कुनैपनि देश कोरोना विरुद्धको तयारीका लागि नबसेको बताउँदै अरु देशको भन्दा नेपालले राम्रो तयारी गरेको बताए । सरकारले पूर्व तयारी गरेका कारण संक्रमितको संख्या बढ्न नपाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप