बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा रोकिएका नेपालीहरु दुईवटा जहाजबाट नेपाल फर्किँदै

बिहीबार, ०४ असार २०७७, २० : ०७
बिहीबार, ०४ असार २०७७

लण्डन । विभिन्न कारणले बेलायतमा आएर कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरुलाई स्वदेश फर्काउने अन्तिम तयारी भएको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको जानकारी अनुसार यहि जुन २४ तारिख बुधबार  र २६ तारिख शुक्रबारका दिन जजिरा एअरलाइन्सका दुइवटा चार्टर फ्लाइट मार्फत नेपालीहरुलाई स्वदेश फर्काउने तय भएको हो ।

१ सय ५८ यात्रु क्षमता भएको ए ३२० जजिरा एअरलाइन्सका दुईवटा जहाजबाट प्रथामिकताका आधारमा ३सय १६ जना नेपालीहरु स्वदेश फर्किनेछन् । बेलायतको ग्याटवीक एअरपोर्टबाट उडान भर्ने तय भएका दुवै जहाजहरु स्थानीय समय अनुसार दिउँसोको ३ बजेर ५० मिनेटमा जुन २४ तारिख बुधबार र २६ तारिख शुक्रबार  काठमाण्डौका लागि उड्नेछन् । उडान भरेको दिनको भोलिपल्ट बिहान नेपाली समय अनुसार ९ बजेर १० मिनेटमा काठमान्डौमा अवतरण गर्ने तयारी रहेको छ ।

कुवेतमा डेढ घन्टाका लागि रोकिने भएपनि यात्रुहरुले बाहिर निस्कन भने पाउने छैनन् । दूतावासको सूचीमा ४ सय २० जना रहे पनि विभिन्न कारणले गर्दा स्वदेश फर्किन चाहनेको संख्या ३ सय १६ जनाको मात्र तय भएको छ। स्वदेश फर्किन चाहने बाँकी नेपालीहरुलाई प्राथमिकताका आधारमा अर्को व्यबस्था गरिने पनि दूतावासले बताएको छ । 

बेलायतबाट काठमान्डौका लागि एकतर्फी भाडादर १ हजार १ सय डलरको हाराहारीमा निर्धारण गरिएको छ । नेपाल फर्किनको लागि सबैले अनिवार्य रुपमा कोरोना नेगेटिभ रहेको पिसिआर रिपोर्ट बुझाउनुपर्ने छ । 

नेपाल पुगेपछि सरकारद्वारा निर्धारित स्थानमा १४ दिनसम्म अनिवार्य रुपमा आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नु पर्नेछ । नेपालमा पुगेपछि क्वारेन्टाइनमा बस्दाका अवधिमा कम्तिमा ४० हजार रुपैयाँदेखि एक लाख दश हजारसम्म खर्च हुनसक्ने बताइएको छ ।

दूतावासको सूचीमा प्राथमिकतामा परेर नेपाल जानेहरुले उडानको टिकट जजिरा एरअरलाइन्सको नेपाल एजेन्ट एबल नेपाल ट्राभल एण्ड टुर्स प्राइभेट लिमिटेड मार्फत लिनुपर्ने छ। 

नेपाल सरकारले गरेको निर्णय बमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरणगर्ने सम्बन्धी आदेश, २०७७’ जारी भए अनुसारविदेशमा रोकिएर रहेका नेपालीलाई प्रथामिकताका आधारमा स्वदेश फर्काउने काम शुरु भएकोहो । 

अहिलेसम्म हजारौंको संख्यामा भारतबाहेकका मुलुकबाट नेपालीहरुस्वदेश फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप