बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्वदेश फर्कन टिकट काट्ने पैसा नभएपछि...

बिहीबार, ०४ असार २०७७, २२ : ०१
बिहीबार, ०४ असार २०७७

युएई । नेपाली दूतावासले विभिन्न एयरलाइन्सलाई पठाएको नाम लिष्ट अनुसार यूएई रही घर फर्कने सूचीमा रहेका नेपालीलाई अहिले टिकट काट्न चटारो परेको छ।

टिकट काउन्टर नजिकै बसेर एक जना अन्दाजी २५/२६ वर्षका नेपाली नागरिक घरबाट पैसा पठाइदिन भन्दै रुँदै थिए।उनी थिए,सिराहाका अशोक शर्मा ।

चार महिना अघि वैदेशिक रोजगारीका लागि युएई छिरेका शर्माले जम्मा २२ दिन मात्र काम गर्न पाए।कोरोनाको प्रकोपसँगै उनको जागिर गयाे।एक लाख ५० हजार रुपैयाँ तिरेर युएईको अलऐनमा रहेको एक कन्ट्रक्सन कम्पनीमा काम गर्न आएका शर्माले २२ दिन काम गरेको बापत १४ सय दिर्हाम अर्थात करिब (४५ हजार रुपैयाँ) हात पारे।

दूतावास आबुधावीले फ्लाइ दुबईलाई पठाएको सूचीमा शर्माको पनि नाम थियो। साथीसँगै फ्लाइ दुबईको(एजेन्सी) टिकट काउन्टरमा पुगेका उनले पैसा नभएर टिकट लिन पाएनन्।एजेन्सीले शर्मालाई नाम आएको बताउँदै टिकट लिन भन्यो, तर एयरलाइन्सले तोकेको पैसा उनीसँग थिएन। 

आफूसँग जम्मा १४ सय दिर्हाम अर्थात करिब (४५ हजार रुपियाँ) भएको बताए।टिकट एजेन्सीले फुल पेमेन्ट नगरे टिकट इस्यु नगर्ने बतायो।एयरलाइन्सले तोकेको रकम १८ सय ३० दिर्हाम अर्थात करिब (६० हजार रुपियाँ) दिन नसके अर्को ब्यक्ति जानसक्ने एजेन्टको जवाफ आयो । 
अनि उनी दुखी भए, रोए र घरमा गुहारे, बाबा पैसा दिनु नेपाल आउँछु ।
उनले आफ्नो पीडा सुनाउँदै भने-भर्खर आएको ४ महिना भयो।मसँग पैसा पनि छैन।जम्मा २२ दिन कम्पनीमा काम गरेको,३ महिना देखि मागेर खाँदै आइरहेको छु।घरमा बुबा पनि बिरामी हुनुहुन्छ।पैसा कहाँबाट जुटाउने ? र म घर जाने ।
यहाँ आएका उनलाई उनलाई सुरुवाती दिनदेखि नै भाग्यले साथ दिएन।यदी उनको नाम नेपाल एयरलाइन्सको उडान लिष्टमा हुन्थो भने,सजिलै घर पुग्थे।किनकी उनसँग नेपाल एयरलाइन्सले तोकेको उडान भाडा शुल्क तिरेर पनि ८० दिर्हाम अर्थात (३ हजार रुपैयाँ) साथमा हुन्थ्यो।

नेपाली दूतावास यूएईले फ्लाइ दुबईलाई उडान भर्न ११ सय ७९ जनाको नामावली दिएको छ।जसमा भोलि हुने भनिएको उडान स्थगन भएको छ। फ्लाइ दुबईले जुन २१ र २५ को काठमाडौंको लागि उडान तालिका सार्वजनिक गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप