बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबारको मौसम पूर्वानुमान

शुक्रबार, ०५ असार २०७७, ०८ : ०८
शुक्रबार, ०५ असार २०७७

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल नेपालमा भारतको पूर्वी उत्तर प्रदेशको भूभागमा निम्न चापीय प्रणाली अवस्थित छ।

यसैगरी, हाल देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्कादेखी मध्यम वर्षा भइरहेको पूर्वानुमानमा उल्लेख छ । 

शुक्रबार दिउँसोदेशभर सामान्यतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति देशभर पूर्णतया बदली रहने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रदेश १, गण्डकी प्रदेश , प्रदेश ५  र बागमती प्रदेशका एक वा दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप