बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेन्जेमाले पुस्कासलाई उछिन्दा रियलको सहज जित

शुक्रबार, ०५ असार २०७७, ०९ : ०२
शुक्रबार, ०५ असार २०७७

करिम बेन्जेमा रियल म्याड्रिडको सर्वाधिक गोलकर्ताको सूचीमा पाँचौ स्थानमा उक्लिएका छन् । बिहीबार भ्यालेन्सियाविरुद्ध बेन्जेमाले २ गोल गर्दै सो उपलब्धि हासिल गरेका हुन् ।

३२ वर्षीय बेन्जेमाले रियलका लागि सबै प्रतियोगितामा २ सय ४३ गोल गरेका छन् । योसँगै उनले फ्रेरेन्क पुस्कासलाई उछिनेका छन् । यस सूचीमा क्रिस्टियानो रोनाल्डो ४ सय ५० गोल सहित शीर्ष स्थानमा रहेका छन् । दोस्रो स्थानमा राउल (३२३), तेस्रोमा अल्फ्रेडो डी स्टेफानो (३०८) र चौँथो स्थानमा सान्टिलाना (२९०) रहेका छन् ।

गोलरहित पहिलो हाफपछि खेलको ६१ औँ मिनेटमा एडिन हजार्डको पासमा बेन्जेमाले रियलका लागि खाता खोलेका थिए । घाइते भएर लामो समयपछि खेलमा फर्किएका मार्को असेन्सियोले आफ्नो पहिलो टचमा नै रियलका लागि दोस्रो गोल गरे ।

खेलको अन्त्यतिर बेन्जेमाले उत्कृष्ट गोल गर्दै रियलको ३–० को जीत सुनिश्चित गरे । जीतसँगै रियलले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ ।

२९ खेलबाट रियलको ६२ अंक रहेको छ भने शीर्ष स्थानमा रहेको बार्साको ६४ अंक रहेको छ ।

बिहीबार नै भएको अन्य खेलमा आलाभेसले रियल सोसिडाडलाई २–० ले पराजित गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप