शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पासपोर्ट’ बोलको गीत सार्वजनिक

शुक्रबार, ०५ असार २०७७, १० : ४७
शुक्रबार, ०५ असार २०७७

काठमाडौं – पछिल्लो समय नेपाली संगीतमा उत्कृष्ट संयोजकका रुपमा परिचित कलाकार राकेश सोनीले 'पासपोर्ट' नामको गीत बजारमा लिएर आएका छन् । 

गायक सोनी र पुजा विश्वकर्माको स्वर रहेको उक्त गीतको भिडियो यतिखेर निकै रुचाइएको छ । 

गीतमा शब्द लेखन, संगीत र संयोजन पनि सोनी आफैँले गरेका हुन् ।  

गीतको भिडियोमा पनि राकेश सोनी र विन्दु बिसिलाई देख्न सकिन्छ । विन्दु बिसिको नयाँ युट्युब च्यानलबाट सार्वजनिक गरेको गीतलाई युट्युबमा हेर्न सकिनेछ ।

डेढ दशकदेखि संगीत संयोजनमा क्रियाशिल कलाकार सोनीले केही उत्कृष्ठ एल्बमहरु बजारमा ल्याइसकेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप