लगानी बोर्डको रिक्त सिईओ पदका लागि दरखास्त खुल्यो
शुक्रबार, ०५ असार २०७७, ११ : ३१
सरकारले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। तत्कालिन सिईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नर भएसँगै बोर्डको सिईओको पद रिक्त रहेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रकाशन गरेको सूचनामा योग्यता पुग्ने ईच्छुक व्यक्तिले १५ दिनभित्रमा दरखास्त दिन सक्ने भनिएको छ।
बोर्डको सिइओ हुन अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरी परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैङ्किङ, वित्तीय क्षेत्र तथा औद्योगिक व्यवस्थापनमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
केपी ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने– ‘संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो’
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही