बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बेइजिङमा कोरानाइरसको संक्रमण सबैलाई पाठ हो कि यो जतिबेला पनि फर्कन सक्छ !

शुक्रबार, ०५ असार २०७७, १२ : ०६
शुक्रबार, ०५ असार २०७७

गत हप्तासम्म बेइजिङ कोरोनाभाइरस महामारीबाट अघि बढिसकेको थियो । ५५ दिनसम्म कोरोनाभाइरसको स्थानीय संक्रमण फेला नपरेको चिनियाँ राजधानीमा जीवन सामान्य बन्न थालिसकेको थियो । व्यवसाय र विद्यालय खुलेका थिए, मानिसहरु काममा फर्किएका थिए भने सहरको सार्वजनिक यातायात र पार्क पुनः भरिभराऊ देखिन थालिसकेका थिए ।

तर, गत हप्ता त्यो सबै परिवर्तन भयो जब सहरको एक होलसेल खाद्य बजारमा कोरोनाभाइरस संक्रमणको नयाँ क्लस्टर फेला पर्यो । शुक्रबारसम्म १८० जनाभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।

केही दिनको अन्तरमा नै २ करोड जनसंख्यामाथि अर्ध लकडाउन लागू गरिएको छ । अधिकारीहरुले संक्रमणलाई रोक्न पुनः नियन्त्रणका उपायहरु सुरु गरेका छन् । केही आवसीय क्षेत्रलाई सिल गरिएको छ, विद्यालय बन्द गरिएको छ भने सहर छाड्न प्रतिबन्ध लगाइएको छ । मात्र पाँच दिनमा ३ लाख ५६ हजारको कोरोना परीक्षण गरिसकिएको छ ।

चीनको शक्ति केन्द्र र कोरोनाभाइरसको संक्रमणको मामिलामा देशकै सबैभन्दा सुरक्षित सहर मानिएको बेइजिङमा कारोनाभाइरसको संक्रमण वृद्धिले फेरि एक पटक मानिसहरुलाई सचेत गराएको छ कि हामीले यसको फैलावटलाई निस्तेज पारेको ठाने पनि यो भाइरस जतिबेला पनि फर्कन सक्छ ।

गत मार्चसम्म चीनले भाइरसको संक्रमणको पहिलो लहरलाई नियन्त्रण गर्न सफल भएको थियो । बेइजिङमा अहिले फेरि दोस्रो लहर सुरु भएको आशंका गरिएको छ । अधिकारीहरु बेइजिङमा संक्रमणको उद्गम थलो पत्ता लगाउन प्रयासरत छन् । आयत गरिएको सालमोन माछा काट्ने एउटा चपिङ बोर्डमा भाइरस भेटिएपछि खाद्य बजारको सीफूड वा मासुसँग यसलाई जोडिएको थियो । तर, विज्ञहरुले पहिलो संक्रमित फेला पर्न अघि नै संक्रमण फैलिरहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक गाओ फूका अनुसार यो संक्रमण मेको अन्त्य वा जुनको पहिलो हप्ताबाट सुरु नभएर एक महिना अघिबाट सुरु भएको हुनपर्छ । लक्षण नभएका वा मध्यम लक्षण भएकाहरु बजारमा हुनुपर्छ त्यही भएर यति धेरै जनालाई संक्रमण देखिएको उनको भनाइ छ ।

अमेरिकाको अध्ययन अनुसार २५ देखि ४५ प्रतिशतमा भाइरसको संक्रमणको लक्षण नै देखिदैन । तर, उनीहरुले अरुलाई संक्रमित बनाउन सक्छन् ।

स्रोत ः सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप