शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजेश र करिश्माको ‘पन्छी’ अब युट्युवमा

शुक्रबार, ०५ असार २०७७, १३ : १४
शुक्रबार, ०५ असार २०७७

काठमाडौं । करिब दुई दशक अगाडि निर्माण भएको सुपरहिट फिल्म ‘पन्छी’ युट्युबमा आउने भएको छ । फिल्मका निर्माता ÷निर्देशक आकाश अधिकारीले फिल्म शुक्रबार साँझबाट युट्युवमा ल्याउन लागेका हुन् । दर्शकको चाहनाअनुसार फिल्म १९ वर्षपछि युट्युवमा ल्याउन लागेको निर्देशक आकाश अधिकारीले बताए ।

राजेश हमाल र करिश्मा मानन्धरको मुख्य भूमिका रहेको ‘पन्छी’ विसं २०५८ को जेठमा प्रदर्शनमा आएको थियो । सो समय दरबार हत्याकाण्ड जस्तो दुःखद र अशहज परिस्थितिमा पनि फिल्मले राम्रो दर्शक पाएको निर्देशक अधिकारीको भनाई रहेको छ । 

फिल्ममा राजेश र करिश्माको अलवा शिव श्रेष्ठ, शर्मिला मल्ल, पूजा चन्द, टीका पहाडीलगायतको मुख्य भूमिका रहेको छ ।  नारायणी नदीको किनारामा सेट लगाएर मुसादेखि हात्तीसम्म विभिन्न पशुपन्छी प्रयोग गरे निर्माण भएको निर्देशक आकाशले भीमबहादुर थापासँग मिलेर बनाएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप