शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नाबालिकालाई करणी प्रयासको आरोपमा पकाउ

शनिबार, ०६ असार २०७७, १३ : ५६
शनिबार, ०६ असार २०७७

नाबालिकालाई करणी प्रयासको आरोपम  एक व्यक्ति पक्राउ परेका छन् । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ७ का ३८ वर्षीय पुरुष आफ्नै छिमेकी नाबालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनीविरुद्ध नाबालिकाका आफन्तले गत जेठ ३२ गते प्रहरीमा जाहेरी दिएपछि नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए । 

प्रनि केसीका अनुसार पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको र रिपोर्ट आउन बाँकी छ । नाबालिकाको अवस्था अहिले सामान्य रहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप