बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट स्थापना

शनिबार, ०६ असार २०७७, २२ : १५
शनिबार, ०६ असार २०७७

मोरङको रतुवामाई नगरपालिका–२ डोरियास्थित सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (विओपी) आज स्थापना गरिएको छ  । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र रतुुवामाई नगरपालिकाका प्रमुुख रबिन राईले विओपीको  शुभारम्भ गरे ।

    विओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी रहनेछन् । मोरङ जिल्लाको भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्रमा सातवटा सशस्त्र बोर्डर आउट पोष्ट सञ्चालनमा आएका छन् । यसअघि विराटनगरको वखरी, जहदा, नोचा, धनपालथान, बरडङगा लगायतका स्थानमा बिओपी स्थापना भइसकको छ । 
  
    सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले सीमा क्षेत्रको सुरक्षाका लागि प्रत्येक ३.५ किलोमिटरमा  पोष्ट स्थापना गरिन लागेको  बताउँदै  स्थानीय जनताको सेवा तथा उनीहरुको  समस्यालाई ध्यानमा राख्न प्रहरीलाई निर्देशन दिए । नगरप्रमुख रबिन राईले पोष्टको स्थापनासँगै सीमा क्षेत्रमा हुने अवैधानिक क्रियाकलापहरुको नियन्त्रण र शान्तिसुुरक्षा कायम गर्न थप सहयोग पुुग्ने बताए। 

    पोष्ट स्थापनाका लागि आठ कट्ठा चार धुर जग्गा निःशुल्क उपलब्ध गराउने सनातन राजवंशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पोष्टको भौतिक पूर्वाधारलगायतको निर्माणमा रतुवामाई नगरपालिकाले सहयोग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप