शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शरीरमा कार्बोहाइड्रेटको मात्रा अत्यधिक भएमा देखिन्छ यस्ता ५ संकेत

आइतबार, ०७ असार २०७७, १२ : २७
आइतबार, ०७ असार २०७७

एजेन्सी – काब्र्स अर्थात कार्बोहाइड्रेट शरीरमा शक्ति प्रदान गर्ने खाद्यपदार्थ हो । त्यसैले स्वस्थ र सन्तुलित आहारका लागि कार्बोहाइड्रेटको स्थान महत्त्वपूर्ण हुन्छ । कार्बोहाइड्रेटमा कोशिकाहरु र माशंपेशी बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, अत्यधिक मात्रामा कार्बोहाइड्रेट खाँदा मोटोपन, कालेस्ट्रोल बढाउने, पाचन प्रक्रियामा समस्या पैदा गर्न सक्छ । यसका साथै कार्बोहाइड्रेटले मधुमेह, मुटु रोग, उच्च रक्तचाप जस्ता रोगहरुको शिकार बनाउँछ । 

शरीरमा कार्बोहाइड्रेटको मात्रा बढ्दै गएमा यस्ता संकेतहरु देखापर्न सक्छन्ः 

थकान महसुस हुनु 
यदि तपाईंलाई खाना खानेवित्तिकै निन्द्रा लाग्छ भने तपाईंको खानामा कार्बोहाइड्रेटको मात्रा अत्यधिक भएको हुनसक्छ । कार्बोहाइड्रेटले शरीरमा भएको रगतमा चिनिको मात्रा बढाउँछ । जसले शरीरमा अचानक शक्तिमा कमी आउने र थकान महसुस हुन जान्छ त्यसैले शक्ति भरपुर रुपमा कायम राख्न कार्बोहाइड्रेट सीमित मात्रामा सेवन गर्नुपर्छ । 

प्यास/तिर्खा लाग्नु 
यदि तपाईंलाई कुनै दिन अत्यधिक मात्रा तिर्खा लाग्यो भने सम्झनुस् तपाईंको खानामा कार्बोहाइड्रेटको मात्रा बढी भएको हुनसक्छ । धेरै कार्बोहाइड्रेट खाँदा शरीरमा भएको रगतमा चिनीको मात्रा बढ्न जान्छ र शरीरमा पानीको मात्रा धेरै आवश्यक पर्छ । जसले गर्दा पानीको सहायताले चिनीलाई मोइश्चराइज गरेर पिसावमार्फत बाहिर निकाल्छ । यसैकारण कार्बोहाइड्रेटको अत्यधिक सेबनले पिसाब धेरै आउँछ । 

पेट गडबड हुने समस्या
अत्यधिक मात्रामा कार्बोहाइड्रेट खाँदा खानामा फाइबरको मात्रामा कमी हुन्छ । यसका साथै प्रोसेस्ड काब्र्समा कुनै पोषक तत्व पनि हुँदैन । त्यसैले अत्यधिक मात्रामा यसको सेबनले कब्जियत, अपच, पेट दुखाई जस्ता समस्या पैदा हुन्छ । 

छिट्टै भोक लाग्नु 
कार्बोहाइड्रेटयुक्त खानाहरु छिट्टै पच्ने भएकाले भोक पनि छिट्टै लाग्छ । यसका साथै फाइबर र प्रोटिनयुक्त खानेकुराहरु भने ढिलो पच्छ । यसैकारण आलु, भात जस्ता खानेकुरा खाँदा छिट्टै भोक लाग्छ । 

गुलियो खानेकुरा बारम्बार खान मन लाग्नु 
कार्बोहाइड्रेटमा भरपुर मात्रामा आहार प्रोसेस्डका लागि   चिनी, केमिकल्सको आवश्यकता पर्छ । जसको लागि मानिसहरुलाई चिनीको लत लाग्छ । चिनी बारम्बार खाँदा मस्तिष्क विशेष हर्मोन रिलिज गर्छ जसले डोपामाइन भनिन्छ जसले बारम्बार चिनी खाने मन हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप