शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईबाट फर्किँदा गर्भवती महिलाहरुमाथि अभद्र व्यवहार गरिएको आरोप

आइतबार, ०७ असार २०७७, १७ : ३९
आइतबार, ०७ असार २०७७

युएई । असार ५ मा युएईबाट नेपाल फर्किएका ९४ जना गर्भवती महिलाहरुलाई नेपाली सेनाले २३ घन्टासम्म पनि खाना नदिएको भन्दै पीडितहरुले आक्रोश पोखेका छन्। उनीहरुलाई कंलकीस्थित होल्डिङ सेन्टरमा ५ घन्टा राखेर सेनाको गाडीमा सम्बन्धित प्रदेशसम्म पठाइएको थियो । पठाउने क्रममा सेनाका केही ब्यक्तिहरुले अभद्र व्यवहार गरेको पीडित सरु रेग्मीले रातोपाटीलाई बताईन्।

रेग्मीले आफ्नो घर भरतपुर–११ पुग्दासम्म पनि खाना त परै जाओस् पानी समेत पिउन नपाएको दुःखेसो पोखिन् । उनलाई होल्डिङ सेन्टर कंलकीबाट भरतपुर पुग्न २३ घन्टा लागेको थियो। बीच बाटोमा खाना खान रोक्दिन अनुरोध गर्दा पनि सेनाका अधिकारीहरुले बेवास्ता गरेको उनको गुनासो छ। आफ्नै पैसाले खाना किन्छु भन्दा पनि नपाएको बताउँदै उनले यो गर्भवती महिला माथिको निन्दनीय कार्य भएको बताईन् । स्थिति नाजुक भैसकेपछि उनलाई एम्बुलेन्समार्फत घर पुर्याइएको उनका श्रीमान मदन अधिकारीले रातोपाटीलाई बताए।

उता होल्डिङ सेन्टर कंलकीबाट पोखराको लागि लगिएका गर्भवती महिलाहरुले पनि आक्रोश पोखे । ‘युएईबाट आएको २ दिनसम्म न खान न सुत्नै पाएका छौं। न औषधी नै छ । २४ घन्टा बसिरहेका छौं। कंलकी होल्डिङ सेन्टरमा ५ घन्टा राखेर पोखरा लगिएको थियो। तर लामो समयसम्म मुग्लिन र तनहुँ बीचमा होल्ड गराईयो’ पीडित महिलाहरु भन्छन् । त्यहाँ पनि उनीहरुले खाना पाएनन्। पीडित निता अधिकारी भन्छिन्– ‘होटलमा खाना सोध्दा खाना समेत दिएनन् । हामी विदेशबाट फर्कदा सबैले कोरोना चेक गरेर नेगेटिभ रिपोर्ट लिएर आएका हौं। किन हामीलाई यस्तो दुर्व्याबहार गरियो। पैसा दिँदा पनि होटलका मान्छेहरुले खाना दिएनन्।’
सेनाका केहि व्यक्तिहरुले समेत आफुहरुमाथि दुर्व्यबहार गरेको उनीहरुले बताए । ‘हामीलाई गाह्रो भयो, खाना ल्याइदिनुस् भन्दापनि यो हाम्रो जिम्मेवारी नभएको भन्दै पन्छिए । आफुहरु यस्तो नाजुक अवस्था हुँदासम्म पनि सेनाले कुनै सहयोग नगरेको बरु उल्टै मरे फल्दिने धम्की दिए’ पीडित साबित्रा न्यौपानेले भनिन् ।

परदेशबाट यस्तो अवस्थामा आफ्नो देश फर्कदा पनि सेनाले गैरजिम्मेवार काम गरेको पीडितहरुको आरोप छ।

कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका ९४ जना गर्भवती महिलासहित एक सय ४८ जना नेपाली गत ५ गते नेपाल फर्किएका थिए। उनीहरु दूतावासको पोहिलो प्राथमिकतामा परेका गर्भवती महिलाहरु हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप