शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुक्ष्म अध्ययन गरी रणनीति तयार गर्नुस्: प्रधानसेनापति थापा

आइतबार, ०७ असार २०७७, १९ : ५२
आइतबार, ०७ असार २०७७

काठमाडौं । नेपाली सेना पृतनापति समन्वयात्मक बैठकले कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सङ्गठनको भूमिकाको गम्भीर समीक्षा गरेको छ । उक्त बैठकमा जङ्गी अड्डा मातहतका कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफनो जिम्मेवारी क्षेत्रमा कोभिड– १९ ले खडा गरेको सुरक्षा चुनौतीबारेमा गहन र विस्तृत ढङ्गबाट प्रस्तुतीकरण भएको थियो ।
 
मुलुकको समग्र सुरक्षाको स्थितिका विषयमा समीक्षा गरिएको उक्त बैठकमा भविष्यमा आउनसक्ने परिस्थितिजन्य विषय र चुनौतिकाबारे पनि गहन छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जानकारी दिएको छ ।
  
दुईदिने बैठक समापनका अवसरमा आज प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षा वातावरणले राष्ट्रिय सुरक्षामा पार्ने प्रतिकूल असरको सूक्ष्म अध्ययन र विश्लेषण गरी  विकसित परिस्थितिमा स्पष्ट अवधारणा, रणनीति र कार्ययोजना तयार गर्न निर्देशन दिए ।
 
उनले भने– ‘नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदा झैँ प्रतिबद्ध छ ।’ पद्धति र प्रणालीमा आधारित सङ्गठन निर्माणमा सबैले जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर काम गर्न निर्देशन दिँदँ प्रधानसेनापति थापाले साङ्गठानिकहित र राष्ट्रिय स्वार्थका लागि अविचलित भएर कर्तव्यपथमा लाग्न सुझाव दिए ।
 
बैठकमा पिएसओज, आठवटै पृतनापतिलगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपति सहभागी रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप